चलचित्र अन्धपथको छायांकन हुने भएको छ । रामकाजी घिमिरेको लेखन तथा निर्देशन रहने यस चलचित्रमा रामजी लम्साल र पानसरा कुमारी थापाको लगानी रहेनछ । निर्देशक रामकाजी घिमिरेका अनुसार चलचित्रले नेपालीहरुको अमेरिका जाने जाने चाहना ,ढिलो चाडो धेरै रकम कमाउने इच्छा अनि उतै स्थायी बसोबास गर्ने मनस्थितिलाई उठान गर्न खोजेको छ ।

यस चलचित्रमा संगीत अर्जुन प्रसाद पोखरेलको रहनेछ भने छायांकनमा रामशरण उप्रेतीको हुनेछ । चलचित्र अन्धपथमा अतिथि भूमिकामा महानायक राजेश हमालले पनि अभिनय गर्दैछन् । चलचित्रमा कलाकारहरू सन्जीत भण्डारी , मिस पवि, समिता गिरी , सुनिल थापा, शुभाष गजुरेल, उत्तम केसी . , रवि डंगोल, तारा शर्मा , निरोज खुलाल (अटल ) , अञ्जु हमाल , पानसरा थापा ,जयराम सापकोटा, सरु बराल , अशोक बहादुर शाही ,दिपेश बहादुर शाही कुशलराज न्यौपाने, रामबहादुर लम्साल , भेगबहादुर पहरी ,खगेन्द्र थापा आदीको अभिनय रहनेछ ।
चलचित्रको छायांकन कर्णाली भेगको दैलेख अछाम, रुकुम पुर्व, काठमाण्डौ ,भारतको गोवा, अमेरिकाको क्यालीफोनिया आदि ठाउँमा हुने निर्देशक घिमिरेले जानकारी दिए ।
चलचित्रको छायांकन यहि हप्ताबाट सुरुवात हुनेछ । दोस्रो फेजको छायांकन काठमाण्डौ आसपासमा हुनेछ भने माघ पछि चलचित्र दैलेख र रुकुम पुर्वमा छायांकन हुनेछ । फागुन, भारत गोवा र अमेरिका अन्धपथको छायांकन हुने निर्माण पक्षले जानकारी दियो ।मुख्य भुमिकामा मिस पवि निर्माण पक्षले दिएको जानकारी अनुसार कलाकार मिस पवि यस चलचित्रमा मुख्य भुमिकामा देखा पर्दैछिन । हालै उनी चलचित्रमा अनुबन्धित भएकी हुन । केही समय अगाडि एक चलचित्रमा मिस पविले एक संवाद बोल्दा धेरै टेक लिएको समाचार आएको थियो । तर अभिनय क्षेत्रमा गुरु भनेर चिनिएका निर्देशक रामकाजी घिमिरेले यस चलचित्रमा मिस पविलाइ मुख्य भुमिकामा लिएपछि चलचित्र वृत्तमा बेग्लै तंरङ्ग आएको छ । मिस पविले यस चलचित्रमा आफूलाई बेग्लै भूमिका उभ्याउदैछिन ।

LEAVE A REPLY