मुलुकलाई आर्थिक रूपमा कंगाल बनाउनेहरू फेरि धारा, कुलो र सडक भन्दै गाउँ फर्किंदैछन् : अधिवक्ता भण्डारी
नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले मुलुकको अर्थतन्त्र कमजोर बनाउने शक्तिहरू पुनः धारा, कुलो र सडकजस्ता सामान्य विकासका नारा बोकेर गाउँगाउँ फर्किन थालेको भन्दै जनतालाई सचेत रहन आग्रह गर्नुभएको छ।
भण्डारीका अनुसार विगतमा सत्तामा रहेर गलत नीति र अपारदर्शी निर्णयमार्फत देशलाई आर्थिक संकटतर्फ धकेल्नेहरू अहिले फेरि पुरानै शैलीमा जनताको भावनामाथि खेल्न खोजिरहेका छन्। उहाँले विकासको नाममा गरिने सतही र अस्थायी कामले दीगो समृद्धि सम्भव नहुने बताउनुभयो।
“देशलाई ऋणको बोझमा डुबाउनेहरू फेरि धारा, कुलो र सडकको आश्वासन लिएर गाउँ पस्दैछन्,” भण्डारीले भन्नुभयो, “अब जनता भावनामा होइन, विवेक र तथ्यका आधारमा निर्णय गर्नुपर्छ।”
उहाँले सुशासन, पारदर्शिता र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता नदिइएसम्म विकास केवल नारा र प्रचारमा सीमित हुने उल्लेख गर्नुभयो।
भण्डारीले सचेत नागरिक र जिम्मेवार नेतृत्व नै मुलुकको आर्थिक पुनरुत्थान र दीगो विकासको आधार हुने धारणा व्यक्त गर्नुभयो।









