दुर्गम बाजुराका सौरभ मल्ल चन्द्रागिरि तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी सम्मानित

काठमाडौं, असार १३ — चन्द्रागिरि तेक्वान्दो डोजाङले आफ्नो १२औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।
स्थापना दिवसका अवसरमा वर्ष उत्कृष्ट खेलाडीका रूपमा बाजुरा जिल्ला, बुढीनन्दा नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ मा बसोबास गर्दै चन्द्रागिरि तेक्वान्दो डोजाङमा प्रशिक्षणरत सौरभ मल्ल सम्मानित भएका छन्। त्यस्तै, अनुशासित खेलाडीका रूपमा राकेश आले मगर सम्मानित भएका थिए।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख (मेयर) घनश्याम गिरी प्रमुख अतिथि तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राकेश कुमार राई विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको अध्यक्षता सन्तोषी महर्जनले गरेकी थिइन्।
स्थापना दिवसको अवसरमा खेलाडीहरूको योगदानको उच्च मूल्यांकन गर्दै तेक्वान्दो खेलको विकास, अनुशासन, युवा प्रतिभाको प्रोत्साहन तथा खेल संस्कृतिको विस्तारमा चन्द्रागिरि तेक्वान्दो डोजाङले पुर्याएको योगदानको प्रशंसा गरिएको थियो।
सम्मानित खेलाडी सौरभ मल्लको उपलब्धिलाई विशेष रूपमा प्रशंसा गर्दै, दुर्गम क्षेत्रबाट आएर निरन्तर मेहनत र अनुशासनका साथ उत्कृष्ट प्रदर्शन गर्दै वर्ष उत्कृष्ट खेलाडी बन्न सफल हुनु अन्य युवाका लागि प्रेरणादायी उदाहरण भएको कार्यक्रमका वक्ताहरूले बताएका थिए।
Home banner news दुर्गम बाजुराका सौरभ मल्ल चन्द्रागिरि तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी सम्मानित








