चीनको चाङ्सामा सम्पन्न १९औँ एएसएसएफ महासभामा नेपालको सहभागिता, विद्यालय खेलकुद विकासमा सहकार्य गर्ने प्रतिबद्धता
काठमाडौं, असार १४ — चीनको चाङ्सा शहरमा सम्पन्न १९औँ एशियन स्कुल स्पोर्ट्स फेडेरेसन (ASSF) को महासभा तथा निर्वाचन कार्यक्रममा नेपालका तर्फबाट महासभा प्रतिनिधिको रूपमा सहभागिता जनाइएको छ।
कार्यक्रममा सहभागी प्रतिनिधिले नेपालका तर्फबाट महासभामा सहभागिता जनाउन पाएकोमा गर्व व्यक्त गर्दै एशियाभर विद्यालय खेलकुदको विकास, आपसी सहकार्य र अनुभव आदान–प्रदानलाई अझ सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
महासभाबाट निर्वाचित एएसएसएफको नयाँ कार्यकारी समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले एशियाली विद्यालय खेलकुदलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।
साथै, कार्यक्रमको सफल आयोजनाका लागि आयोजक चीन तथा सम्पूर्ण आयोजक टोलीले प्रदान गरेको न्यानो आतिथ्यता, सहयोग र सद्भावप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
प्रतिनिधिले आगामी आईएसएफ (ISF) महासभा, बेलग्रेडमा पुनः भेट हुने अपेक्षा व्यक्त गर्दै अन्तर्राष्ट्रिय विद्यालय खेलकुद क्षेत्रमा नेपालको सक्रिय सहभागिता निरन्तर रहने बताएका छन्।

LEAVE A REPLY