उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा उद्यमीलाई व्यवसायिक तरकारी खेतीसम्बन्धी प्रविधि हस्तान्तरण
तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा आज मिति २०८३ असार २३ गते गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत व्यवसायिक तरकारी खेतीका लागि उद्यमीहरूलाई प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
तादी गाउँपालिकाको उद्यम विकास शाखाद्वारा आयोजित कार्यक्रममा व्यवसायिक तरकारी खेतीमा संलग्न उद्यमीहरूलाई आवश्यक कृषि प्रविधि तथा व्यावहारिक सीप हस्तान्तरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सन्जु प्याकुरेलले उद्यमशीलताको विकास, कृषि उत्पादनमा वृद्धि तथा स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। उनले सिकेका प्रविधिलाई व्यवहारमा उतार्दै व्यवसायिक तरकारी खेतीमार्फत आत्मनिर्भर बन्न उद्यमीहरूलाई आग्रह गरिन्।
कार्यक्रममार्फत उद्यमीहरूको उत्पादन क्षमता अभिवृद्धि, आयआर्जनमा वृद्धि तथा स्थानीय स्तरमा उद्यमशीलताको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
Home banner news उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा उद्यमीलाई व्यवसायिक तरकारी खेतीसम्बन्धी प्रविधि हस्तान्तरण








