मानवीयताको हिसाबले पनि सुकुम्बासीको आँसु पुछ्ने काम सरकारले गर्नुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
काठमाडौं, असार २५ — अधिवक्ता रामेश्वर भण्डारीले सुकुम्बासीहरूको समस्या केवल कानुनी वा प्रशासनिक विषय मात्र नभई मानवीय संवेदनासँग जोडिएको विषय भएकाले उनीहरूको आँसु पुछ्ने जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने बताएका छन्।
उनले सुकुम्बासीहरूलाई सम्मानजनक रूपमा बसोबास गर्ने वातावरण सिर्जना गर्न राज्यले दीर्घकालीन र न्यायपूर्ण समाधान अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। भण्डारीले वास्तविक भूमिहीन र सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई कानुनबमोजिम भूमि तथा आवासको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
उनका अनुसार विकास निर्माण, कानुनको कार्यान्वयन तथा सार्वजनिक सम्पत्तिको संरक्षण आवश्यक भए पनि त्यसका नाममा कमजोर र विपन्न नागरिकमाथि अन्याय हुन नहुने उल्लेख गरे। उनले मानव अधिकार, सामाजिक न्याय र संवेदनशीलतालाई केन्द्रमा राखेर सरकारले सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
अधिवक्ता भण्डारीले सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय गरेर सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न आग्रह गर्दै मानवीय दृष्टिकोणबाट निर्णय लिनुपर्ने आवश्यकता औँल्याए।

LEAVE A REPLY