दुप्चेश्वर महादेवका खोजकर्ता बाशु तामाङको शालिक अनावरण, इतिहास संरक्षणमा महत्वपूर्ण पहल
नुवाकोट, असार २७ — नुवाकोटको दुप्चेश्वर महादेव परिसरमा परापूर्वकालमा दुप्चेश्वर महादेवको स्थल पत्ता लगाउने करेजुङ निवासी बाशु तामाङको सम्मान, स्मरण तथा इतिहास संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको शालिकको उद्घाटन तथा अनावरण गरिएको छ।
दुप्चेश्वर गाउँपालिका तथा दुप्चेश्वर क्षेत्र विकास कोषको नेतृत्वमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकर थापा र उपाध्यक्ष माकुरी तामाङले संयुक्त रूपमा शालिकको उद्घाटन तथा अनावरण गरेका हुन्। स्थानीय इतिहास, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणमा यो कदम महत्वपूर्ण भएको सहभागीहरूले बताएका छन्।
पशुपतिनाथको पर्यायका रूपमा चिनिने दुप्चेश्वर महादेवको पहिचान स्थापित गर्न बाशु तामाङले खेलेको ऐतिहासिक योगदानको कदरस्वरूप उहाँको शालिक निर्माण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा जनप्रतिनिधि, दुप्चेश्वर क्षेत्र विकास कोषका पदाधिकारी तथा सदस्य, आरती समूह, कर्मचारी, दुप्चेश्वरसँग सम्बन्धित विभिन्न व्यक्ति, समाजका अगुवा व्यक्तित्व तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उपस्थित वक्ताहरूले बाशु तामाङको योगदानलाई भावी पुस्तासम्म जीवित राख्न शालिक निर्माण र अनावरणको कार्य सराहनीय रहेको उल्लेख गर्दै स्थानीय इतिहास, संस्कृति र धार्मिक सम्पदाको संरक्षणमा यस्ता पहलले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका थिए।
Home banner news दुप्चेश्वर महादेवका खोजकर्ता बाशु तामाङको शालिक अनावरण, इतिहास संरक्षणमा महत्वपूर्ण पहल








