तादी गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनको दोस्रो बैठक सम्पन्न, बजेट तथा कार्यक्रम तथा लगानी विधेयक सर्वसम्मत पारित
नुवाकोट । आज मिति २०८३ असार २९ गते तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षतामा तादी गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनको दोस्रो बैठक सम्पन्न भएको छ।
बैठकमा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलले आर्थिक वर्ष २०८३/८४ का लागि तादी गाउँपालिकाको बजेट तथा कार्यक्रम २०८३ प्रस्तुत गरेका थिए।
त्यसैगरी, तादी गाउँपालिकाको विधायन समितिका संयोजक तथा गाउँसभा सदस्य रमेश कट्टेलले प्रस्तुत गरेको तादी गाउँपालिकाको सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०८३ पनि गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
बैठकमा प्रस्तुत बजेट, कार्यक्रम तथा विधेयक सर्वसम्मत ढङ्गले पारित भएसँगै तादी गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
Home banner news तादी गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनको दोस्रो बैठक सम्पन्न, बजेट तथा कार्यक्रम तथा...








