काठमाडौं, माओवादी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ ले २०८२ कार्तिक १ गते शनिबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ
महासंघले नेपालीहरुको महान् चाड विजयादशमी, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहनेछन्।
कार्यक्रम दिउँसो १२ बजे अखिल नेपाल ट्रेड यूनियन महासंघको केन्द्रीय कार्यालय, पेरिसडाँडामा हुने कुरा महासंघका युवा इन्चार्ज राजेन्द्र न्यौपानेले तादी मिडिया लाई बताउनु भएको छ ।











