काठमाडौँ, १९ कात्तिक : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्तिबीच एकता भएको बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले त्यस्तो सङ्कट हाल गर्न कम्युनिष्ट पार्टी एक भएर अभियान चलाउन लागिएको बताउनुभयो ।

“पार्टी एकताले नयाँ राष्ट्रिय एकताको आधार तयार गरेको छ”, उहाँले भन्नुभयो । विगतको कमजोरी सच्याउनुको विकल्प नभएको उल्लेख गर्दै संयोजक दाहालले पार्टी नेता र कार्यकर्ताको सुझावका आधारमा पार्टी सञ्चालन गरिने प्रतिबद्धता गर्नुभयो । कम्युनिष्ट आन्दोलनलाई ध्रुव्रीकृत गर्ने अभियान सञ्चालन गरिने उद्घोष गर्दै उहाँले राष्ट्र र लोकतन्त्रको रक्षार्थ कम्युनिस्ट, लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिसँग हातेमालो गर्नुपर्ने बताउनुभयो ।

 

LEAVE A REPLY