तादी गाउँपालिका, नुवाकोट — नेपाल ग्रीनतारा फाउन्डेसनको सहयोगमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन तादी गाउँपालिका–१, काल्चेमा एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। स्वास्थ्य सेवा जनताको घरआँगनसम्म पुर्याउने उद्देश्यका साथ गरिएको यो सहयोगले तादी गाउँपालिकामा स्वास्थ्य पूर्वाधार विकासको नयाँ अध्याय सुरु गरेको छ। कार्यक्रमको नेतृत्व तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलले गर्नुभएको थियो।

उद्घाटन समारोहमा प्रदेश सांसद राधिका तामाङ प्रमुख अतिथि हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा ग्रीनतारा फाउन्डेसनका संस्थापक तथा विश्वप्रसिद्ध आरोही, मानवसेवक तासी तेन्जिङ शेर्पा र फाउन्डेसनकी अध्यक्ष समाजसेवी बन्दी निमा शेर्पाको उपस्थिति रहेको थियो। साथै गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षज्यूहरू, सुरक्षातन्त्र, स्थानीय मिडिया तथा नागरिकहरूको सम्माननीय उपस्थिति थियो।उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष सन्जु प्याकुरेलले ग्रीनतारा फाउन्डेसनको योगदानप्रति आभार व्यक्त गर्दै भन्नुभयो,। स्वास्थ्य सेवा कुनै पनि नागरिकको आधारभूत अधिकार हो। हाम्रो गाउँमा वर्षौँदेखि स्वास्थ्य पूर्वाधारको अभाव थियो। नेपाल ग्रीनतारा फाउन्डेसनले निःस्वार्थ भावनाले गरेको यो सहयोग तादीका जनताका लागि ठूलो आशाको किरण बनेको छ।तादी गाउँपालिका स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिँदै अघि बढिरहेको छ। यस यात्रामा साथ र सहयोग गर्ने ग्रीनतारा फाउन्डेसनप्रति हामी सदैव कृतज्ञ रहनेछौँ।फाउन्डेसनका संस्थापक तासी तेन्जिङ शेर्पाले समुदाय विकास र मानव सेवा नै आफ्नो मुनाफा भएको उल्लेख गर्दै भने,। हामी विकासको प्रदर्शन गर्दैनौं, परिवर्तन ल्याउन चाहन्छौँ। ग्रामीण भेगमा स्वास्थ्य र शिक्षा पुरयाउनु हाम्रो प्राथमिकता हो। फाउन्डेसनकी अध्यक्ष बन्दी निमा शेर्पाले तादी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र बालविकास कार्यक्रमहरू निरन्तरता पाउने उल्लेख गर्दै भनिन्,“हामी सहयोग गर्दै मात्र रोकिन्नौँ, साथ दिँदै अघि बढ्छौँ। समुदाय परिवर्तन गर्न साझेदारी आवश्यक हुन्छ।”कार्यक्रममा वडाध्यक्ष, गाउँसभा सदस्य र स्थानीयबासीहरूले पनि बोल्नुभएको थियो। सबै वक्ताहरूले उपाध्यक्ष सन्जु प्याकुरेलको सक्रिय पहलमा ग्रीनतारा फाउन्डेसनसँग सहकार्य सम्भव भएको उल्लेख गरेका थिए।स्थानीय नागरिकहरूका अनुसार स्वास्थ्य चौकी भवन बन्नुअघि सामान्य उपचारका लागि पनि दुरदराजका अस्पताल धाउन बाध्य हुनु परिरहेको थियो। अब नियमित स्वास्थ्य सेवा नजिकै प्राप्त हुने भएपछि नागरिकहरू अत्यन्त खुसी छन्।समारोहको अन्त्यमा उपाध्यक्ष प्याकुरेलले ग्रीनतारा फाउन्डेसनका प्रतिनिधिहरूलाई आभार सम्मानपत्र प्रदान गर्दै तादी गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले तादी गाउँपालिकालाई स्वस्थ, शिक्षित र स्वावलम्बी समुदाय बनाउने लक्ष्य सहित निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सफल र ऐतिहासिक बन्नुमा उपस्थित सबै जनप्रतिनिधि, सुरक्षाकर्मी, सरोकारवाला र स्थानीय नागरिकलाई उनले धन्यवाद व्यक्त गर्नुभयो।

LEAVE A REPLY