
नेपाली कम्युनिस्ट पार्टी नुवाकोटको पहिलो एकता बैठक जिल्लामा आज भव्य रूपमा सम्पन्न भएको छ। बैठक जिल्ला संयोजक कामरेड पुष्प लामिछाने (अरुण) र गोविन्द नेपालीको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व पर्यटनमन्त्री माननीय हितबहादुर तामाङ र केन्द्रीय सदस्य पूर्व माननीय विमला सुवेदी विशेष अतिथि हुनुहुन्थ्यो। त्यस्तै, पूर्व सांसद राजेन्द्रप्रसाद लोहनी, केन्द्रीय सदस्य बसन्त बस्नेत, प्रदेश सांसद राधिका तामाङ, प्रदेश सांसद रामप्रसाद ढुंगाना, पूर्व माननीय हिरानाथ खतिवडा, केन्द्रीय सदस्य आर.पी. नेपाल र केन्द्रीय आयोग सदस्य माधव पाण्डेको पनि उपस्थिति रहेको थियो।
P
बैठकको सञ्चालन जिल्ला सचिव मिना वाइवाले गर्नुभएको थियो।
एकता प्रक्रियालाई संस्थागत गर्दै संगठन सुदृढीकरण, नेतृत्व समन्वय र आगामी राजनीतिक कार्ययोजनाबारे बैठकले विस्तृत छलफल गरेको जनाइएको छ।











