
काठमाडौँ । राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित रंगशालामा २०८२ मंसिर २६ देखि २८ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिममा तेक्वान्दो प्रशिक्षकहरूको क्षमता अभिवृद्धि, आधुनिक प्रशिक्षण विधि, खेल विज्ञान तथा खेलाडीको स्वास्थ्य सुरक्षासम्बन्धी विषयमा गहन छलफल तथा अभ्यास गरिएको थियो। तालिममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष महेश्वर फुयाँल, महासचिव राकेश
कुमार राई, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. राम कृष्ण महर्जन र डा. सुशील नर्सिङ राना,अधिवक्ता ईश्वर सापकोटा उपमहासचिव राष्ट्रिय तेक्वान्दो संघ नेपाल तथा नेपाल क्यान्सर अस्पतालका डा. राजेन्द्र खत्रीले प्रशिक्षण दिनुभएको थियो।राष्ट्रिय तेक्वान्दो संघ बागमती प्रदेशका सचिव गणेश तामाङले तादी मिडियासँग कुरा गर्दै
भन्नुभयो,राष्ट्रिय स्तरका प्रशिक्षकहरूलाई एकै ठाउँमा ल्याएर ज्ञान, सीप र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। यसले तेक्वान्दो खेलको गुणस्तर र प्रशिक्षकहरूको व्यावसायिक क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं ।तालिममा देशका विभिन्न जिल्लाबाट सहभागी प्रशिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।











