नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले सत्य र न्यायको पक्षमा उभिन एक्लै परे पनि अडिग रहनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले आकाशमा देखिने ध्रुवतारासँग तुलना गर्दै सत्यको मार्ग कहिल्यै नछाड्न आग्रह गरे।

“एक्लै होस् तर अडिग होस्। आकाशतिर हेर्नुहोस्, ध्रुवतारा एक्लै देखिन्छ तर दिशाहीनलाई दिशा दिन्छ। त्यसैगरी सत्यको वकालत निरन्तर गरिरहनुपर्छ,” अधिवक्ता भण्डारीले भने।

उनका अनुसार समाजमा गलत प्रवृत्ति, अन्याय र दबाबका बीच पनि सत्य बोल्ने साहस आवश्यक छ। बहुसंख्यकको समर्थन नभए पनि सत्यको पक्षमा दृढ भएर उभिन सक्ने व्यक्ति नै वास्तविक अर्थमा जिम्मेवार नागरिक र नेतृत्वकर्ता हुने उनले बताए।

अधिवक्ता भण्डारीले न्याय, सुशासन र उत्तरदायित्वका सवालमा सम्झौता नगरी निरन्तर आवाज उठाइरहने प्रतिबद्धता पनि व्यक्त गरे।

LEAVE A REPLY