नेपाल एकायन कराते संघको आयोजनामा सञ्चालित १५ दिने उद्घोषण तालिम कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोह, खेलकुद सामग्री वितरण कार्यक्रम तथा निःशुल्क दन्त शिविरको उद्घाटन समारोह काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष श्री रोजीना श्रेष्ठज्यू (प्रमुख अतिथि) बाट, विशेष अतिथि वडा सचिव श्री प्रकाश खड्का तथा विभिन्न अतिथिहरुको समुपस्थितिमा आज बहुउद्देश्यीय मार्शलआर्ट केन्द्र, खुशिबुँ, नयाँ बजारमा सम्पन्न भएको छ ।
नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा आयोजित उक्त अवसरमा तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि श्री श्रेष्ठबाट प्रमाणपत्र वितरण गर्नुभएको थियो । साथै तालिम कार्यक्रमका मुख्य प्रशिक्षक शशी कपालीलाई पनि प्रमाण पत्र तथा मायाको चिनोबाट सम्मानित गर्नु भएको थियो । यसैगरी उक्त अवसरमा का.म.पा. वडा नं. १६ बाट नेपाल एकायन कराते संघ, नयाँबजार शाखालाई वितरित विभिन्न खेलकुद समग्रीहरु पनि प्रमुख अतिथिले हस्तान्तरण गर्नु भएको थियो ।
नेपाल एकायन कराते संघको समाजिक दायित्व अन्तर्गत पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलको सहकार्यमा सञ्चालित एकदिने निःशुल्क दन्त शिविरमा वडा नं १६ का वडा अध्यक्षज्यूबाट आफ्नो दन्त परिक्षण गराई शुभारम्भ गर्नु भएको थियो । उक्त शिविरबाट यस क्षेत्रका स्थानिय बासिन्दा तथा एकायन कराते खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रका व्यक्तिहरुले लाभ लिनुभएको थियो ।

LEAVE A REPLY