नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका तादी गाउँपालिका अध्यक्ष रोशन श्रेष्ठले तादी गाउँपालिकाको समग्र विकास र समृद्धि निर्माणको ऐतिहासिक दायित्व नेपाली कम्युनिस्ट पार्टीमा आएको बताएका छन्।
तादी गाउँपालिकामा आयोजित पार्टीको बैठक तथा जनसम्पर्क कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले जनताको विश्वास, समर्थन र अपेक्षाले पार्टीलाई थप जिम्मेवार बनाएको उल्लेख गरे। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै जनताको जीवनस्तर उकास्ने दिशामा पार्टी केन्द्रित हुने स्पष्ट पार्नुभयो।
“अब तादी गाउँपालिकामा विकासको नयाँ युग सुरु गर्नुपर्ने समय आएको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जनताको समस्या समाधान, पारदर्शी शासन र सामाजिक न्याय सुनिश्चित गर्नु हाम्रो मुख्य लक्ष्य हो।”
उहाँले पार्टीभित्र एकता, अनुशासन र जनउत्तरदायी नेतृत्व आवश्यक रहेको भन्दै सबै कार्यकर्ता र जनसमुदायलाई समृद्ध तादी निर्माणको अभियानमा जुट्न आह्वान गर्नुभयो।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

LEAVE A REPLY