नेकपा एमाले नुवाकोट क्षेत्र–१ बाट बद्री मैनाली एकल सिफारिस
नुवाकोट । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका जिल्ला अध्यक्ष बद्री मैनालीलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ।
शनिबार सम्पन्न नेकपा एमाले क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी बैठकले सर्वसम्मत निर्णय गर्दै मैनालीको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ का संयोजक शुशील खड्काले क्षेत्रीय कमिटीमा व्यापक सहमति कायम भएसँगै अध्यक्ष मैनालीको नाम एकल रूपमा सिफारिस गरिएको जानकारी दिए।
उनका अनुसार पार्टी संगठन सुदृढीकरण, राजनीतिक अनुभव र स्थानीय जनसमर्थनलाई आधार मानेर मैनालीलाई उम्मेदवारका रूपमा अघि सारिएको हो।











