पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि, बालेन शाह र कुलमान घिसिङसहित श्रद्धाञ्जली अर्पण
काठमाडौं । पत्रकार दिनेश सिटौलाको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। ब्रेन ह्यामरेजका कारण निधन भएका सिटौलालाई परिवारजन, आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
श्रद्धाञ्जली दिनका लागि सञ्चार क्षेत्रका साथै विभिन्न कलाकारहरू पशुपति पुगेका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि आर्यघाटमा उपस्थित भई दिवंगत पत्रकार सिटौलाप्रति सम्मान व्यक्त गरेका छन्।
अस्पताल स्रोतका अनुसार सिटौलाको उपचारका क्रममा ब्रेन ह्यामरेजका कारण निधन भएको हो। लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका सिटौलाको निधनले सञ्चार जगत् शोकमा डुबेको छ।
उनको निधनप्रति विभिन्न संघसंस्था तथा व्यक्तिहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सन्देश जारी गरेका छन ।

LEAVE A REPLY