तादी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनको स्वागत कार्यक्रम सम्पन्न
नुवाकोट । तादी गाउँपालिकामा नवपदस्थापित प्रमुख प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनको स्वागत कार्यक्रम सम्पन्न भएको छ।
आज मिति २०८२ साल १० महिना १९ गते तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रममा विषयगत शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवपदस्थापित प्रमुख प्रशासकीय अधिकृत भ्लोनलाई गाउँपालिकाको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मानपूर्वक स्वागत गरिएको थियो।
गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरूले स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउन नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY