फोटो AI

नुवाकोट क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार अधिवक्ता रामेश्वर भण्डारीको चुनावी अभियान तीव्र
“दल होइन, समृद्धि चाहिन्छ” भन्ने नारासहित ‘क्याप’ चुनाव चिन्ह लिएर मैदानमा
नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका अधिवक्ता रामेश्वर भण्डारीले जिल्लाको समग्र विकास, सुशासन र नागरिक अधिकारको संरक्षणलाई प्राथमिकता दिँदै आफ्नो अभियानलाई तीव्र बनाएका छन्।
भण्डारीले आगामी निर्वाचनमा ‘क्याप’ चुनाव चिन्ह लिएर जनताको घरदैलोमा पुग्दै नुवाकोटलाई समृद्ध र न्यायपूर्ण जिल्लाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार नुवाकोटको आर्थिक विकासको मुख्य आधार कृषि भएकाले कृषिलाई आधुनिकिकरण गर्दै कृषकलाई उत्पादनसँग जोड्ने योजना अघि सारिएको छ। “कृषिलाई जिल्लाको प्रमुख आयस्रोतको रूपमा विकास गर्नुपर्छ,” उनले भने।
त्यस्तै, शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक अधिकारको रूपमा स्थापित गर्दै सेवा सुविधामा सबैको पहुँच सुनिश्चित गर्ने उनले बताए।
अधिवक्ता भण्डारीले सामाजिक न्याय, लोकतन्त्रको मजबुती, भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त राज्य निर्माणका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे।
उनले नुवाकोटका साझा समस्या समाधान गर्दै विकास निर्माण, रोजगारी सिर्जना, खानेपानी तथा भौतिक पूर्वाधार विस्तारमा विशेष ध्यान दिने प्रतिबद्धता समेत जनाएका छन्।
स्थानीय मतदाताहरूले पनि स्वतन्त्र उम्मेदवारप्रति आशा बढ्दै गएको बताउँदै परिवर्तन र समृद्धिका लागि नयाँ नेतृत्व आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।
भण्डारीको अभियान “दल होइन, समृद्धि” भन्ने सन्देशसहित नुवाकोटमा चर्चित बन्दै गएको छ।

LEAVE A REPLY