नुवाकोटमा आपराधिक घटना बढ्दै गएकोमा चिन्ता बढेको छ : अधिवक्ता रामेश्वर भण्डार
नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले पछिल्लो समय नुवाकोट जिल्लामा हत्या, हिंसा, कुटपिट, लागुऔषध दुव्र्यसन, चोरी तथा विभिन्न आपराधिक गतिविधि बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले समाजमा शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न राज्यका निकायहरू थप जिम्मेवार र सक्रिय बन्नुपर्ने बताएका छन् । भण्डारीले युवापुस्तामा बढ्दो बेरोजगारी, सामाजिक विकृति, लागुऔषधको दुव्र्यसन तथा नैतिक शिक्षाको अभावले अपराधका घटना बढ्न सहयोग पुगेको उल्लेख गरे ।
उनका अनुसार अपराध नियन्त्रणका लागि केवल प्रहरी प्रशासन मात्र होइन, अभिभावक, शिक्षक, सामाजिक संघसंस्था, राजनीतिक नेतृत्व तथा सम्पूर्ण नागरिक समाजको साझा भूमिका आवश्यक हुन्छ ।
अधिवक्ता भण्डारीले विद्यालय तथा समुदायस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, युवालाई सकारात्मक गतिविधिमा जोड्न र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
उनले अपराधमा संलग्न जो–कोहीलाई कानुनअनुसार निष्पक्ष कारबाही गर्नुपर्ने धारणा राख्दै समाजमा शान्ति, अनुशासन र आपसी सद्भाव कायम गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

LEAVE A REPLY