नुवाकोट । सगरमाथा तथा गणतन्त्र दिवसको अवसर पारेर तादी गाउँपालिकामा महिला खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित दोस्रो उपाध्यक्षीय कप महिला अन्तर–विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल ग्रीनतारा फाउन्डेसनको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी २०८३ साल जेठ १५ र १६ गते (May 29 & 30, 2026) अमरज्योति माध्यमिक विद्यालय, नमुना विद्यालयको प्रांगणमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामार्फत महिला खेलाडीहरूको क्षमता अभिवृद्धि, खेलप्रति आकर्षण वृद्धि तथा समाजमा महिला सशक्तिकरणको सकारात्मक सन्देश फैलाउने लक्ष्य लिइएको फाउन्डेसनले जनाएको छ। कार्यक्रममा विभिन्न विद्यालयका छात्रा खेलाडीहरूको सहभागिता रहनेछ।
आयोजकले प्रतियोगितालाई खेलकुद मात्र नभई ऊर्जा, एकता, अनुशासन र प्रेरणाको उत्सवका रूपमा समेत लिइएको जनाएको छ।
प्रतियोगितालाई भव्य तथा सभ्य रूपमा सफल बनाउन सम्पूर्ण अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी, खेलप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा तादी गाउँपालिकावासीलाई गरिमामय उपस्थितिका लागि हार्दिक आग्रह गरिएको छ।
आयोजकका अनुसार महिला खेलाडीहरूको उत्साह बढाउँदै खेल संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। 🏐✨

LEAVE A REPLY