Page 2

तादी गाउँपालिकाको पहिलो प्राथमिकता बाघमारा बिकासमा केन्द्रित हुनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी

0

काठमाडौको सामाकोखुसी देखि करिब दुईघण्टामा पुग्न सकिने नुवाकोटको रमणीय पर्यटन क्षेत्र बाघमारा बिकासबाट पछि परेको छ । नुवाकोट जिल्ला अन्तरगत तादी गाउँपालिका वडा नं. ४ (चार )को सुन्दरादेबीमा रहेको बाघमाराको बारेमा पन्चायत कालदेखि नै बाघमाराको बिकासको कुरा आएको थियो । पन्चायतकालमा सुन्दरा पन्चायतका प्रधानपन्च र बहुदल पछिका नेपाली काग्रेसका नेता द्रोण प्रसाद भण्डारीले बाघमारालाई चियाखेती र रेशमखेती गर्ने पहल गरेका थिए । उहाँ भण्डारी आफ्नो पालामा जति गरे त्यसपछि उहाँको कार्यकाल सकियो अहिले पनि उहाँको इच्छा चाहि बाघमारा बिकास होस भन्ने नै छ । २०५४ पछि सुन्दरादेबी गा.बि.स. को अध्यक्षमा गोकर्ण पाठक भएपछि उहाँले बाघमारालाई बिकास गर्ने खाका बनाउदै बाघमारामा सडक पुयाउने उदेश्यका साथ २०५५ सालमा सातबिसेबाट बाघमारा सागरकुण्ड सडकको सुरुवात गर्नु भयो । केहि बर्षसम्म सडक बनाउन उहा अध्यक्ष गोकर्ण पाठक लाग्नु भयो त्यतिबेला माओवादी जनयुद्ध भीषण भै रहेको थियो । त्यतिबेला जति काम भयो त्यतिमै सिमित रहयो । देशमा परिवर्तन आयो गा.बि.स.२०७४ पछि गाउँपालिका परिणत हुन पुग्यो । तादी गाउँपालिकाको पहिलो गाउँपालिका प्रमुख अध्यक्ष नारायण पाण्डे हुनु भयो उहाँको ५ बर्ष कार्यकालमा बाघमारा बिकासका बारेमा केहि मात्रा भएपनि बिकास भएको देखिन्छ । बाघमारामा सडक लगायत बनभोजको लागि आबश्यक स्पोर्ट्का काम भएको देखिन्छ । नारायण पाण्डेको पालामा वडा अध्यक्ष मुक्त बहादुर श्रेष्ठले पनि बाघमारा बनाउनु पर्छ भने कुरामा लाग्नुनै भएको थियो । २०७९ सालको स्थानीय निर्वाचन पछि गाउँपालिकाको अध्यक्षमा सन्तमान तामाङ र उपाध्यक्षमा सन्जु प्याकुरेल श्रेष्ठ आउनु भएको छ । उहाँको पहल पनि तादीको बाघमाराको बिकासमा आफ्नो आफ्नो पहल गरिरहेका छ्न । तादी ४ को अध्यक्षमा अहिले अस्मिन पाण्डे हुनुहुन्छ उहाँ त्यहि बाघमारा क्षेत्रका हुन । बाघमारा बिकास गर्ने काममा पहिलो प्राथमिकता सम्बन्धित वडा अध्यक्षको पनि हुदा वडा अध्यक्ष पनि लाग्नु पर्ने देखिन्छ । पहिलो कुरो चाहि गा.पा.को अध्यक्षको घरपनि त्यहि बाघमारामा नै भएकोले पनि बाघमारा बिकासमा प्राथमिकता साथ लाग्नुपर्ने देखिन्छ । युवा बुद्धिजीवी गा.पा.उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले पनि तादीको बिकासमा बाघमारा कोसेढुङा हुन भएकोले पहिलो प्राथमिकता आफुले राखेको कुरा तादी मिडियालाई बताउनु भएको छ । अहिले बाघमारामा जुन गतिमा बिकास हुनुपर्ने थियो त्यो हुन सकेको छैन । बाघमारा तादीको सुनको टुक्रा हो हामीले सुनको कचौरो लिएर माग्न बस्ने होइन यसलाई सहि सदुपयोग गर्ने सकियो भने गाउँपालिकाको समृद्धिमा ठुलो सहयोग पुग्ने देखिन्छ ।

कांग्रेसले सरकारलाई नीति तथा कार्यक्रम टेबुल गर्न दिएन ।

0

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारलाई भने सदनमा टेबुल गर्न दिएन । यसको असर सरकारी कार्यक्रममाथिको छलफल र बजेटमा पर्न सक्छ । मंगलबार दुवै सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले २१९ बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक सुरु गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमको प्रति राष्ट्रपतिलाई बुझाएका थिए, जसलाई राष्ट्रपतिले पढे । राष्ट्रपतिलाई बिदाइ गरेपछि उनलाई धन्यवाद दिन र नीति तथा कार्यक्रम टेबुल गर्न दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो ।सुरुमा साढे ५ बजे बसेको राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ विपक्षी कांग्रेस सांसद उठेर अवरोध गरेपछि अध्यक्ष दाहालले ३ जेठ १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरे । ६ बजे बसेको प्रतिनिधिसभा बैठक पनि कांग्रेसले अवरोध गर्‍यो । त्यसपछि सभामुख घिमिरेले ३ जेठ ११ बजेसम्मका लागि बैठक स्थगित गरे । संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा ‘प्रधानमन्त्रीले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्ने’ र ‘सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गर्ने’ कार्यसूची थियो ।

 

तीन दिनसम्म गणन्त्र दिवस मनाउन निर्देशन

0

काठमाडौँ, १ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिनुभएको छ । उहाँले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ ।प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कि अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहनुभएको छ । सरकारले विसं २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ ।नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दिपावलीलगायतका मौलिक कार्यक्रमहरू गर्ने निर्णय भएको छ । बैठकले सङ्घीय सरकार तथा केन्द्रीयस्तर, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावास र प्रदेश राजधानी(केन्द्र), जिल्ला र स्थानीयस्तरमा गरिने कार्यक्रमसमेत तय गरेको छ ।

सपना कुवँरका दुई मुक्तक

0

पर्छ मनमा~ ठुलै असर भन्न नसकेर
अब मेरै मात्र पर्नुस भर भन्न नसकेर
भित्रभित्रै छटपटिदै बाँची राछु अचेल
बाहिर कतै छकी नजर भन्न नसकेर ।

परेकी छु म ~मात्र तिम्रै भर यत्ति याद राख
तिम्रै शिन्दुर पैरेनी छ~ रहर यत्ति याद राख
अरुसँग हाँस बोल गुनासो छैन फरक पर्दैन
अन्त नलाउनु प्रेमको नजर यत्ति याद राख

आरोहणमा कीर्तिमान कामिरिता शेर्पालाई मन्त्री तामाङ द्रारा बधाई तथा शुभकामना प्रदान ।

0

सगरमाथा आरोहणमा कीर्तिमान राखेका कामिरिता शेर्पालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले बधाई दिएका छन्। आरोही शेर्पाले आइतबार बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका थिए । उनले  सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।

मन्त्रि तामाङले सोमबार बिहान करिव १०:२५ बजे सफल आरोहण गरि सगरमाथा आधार शिविरमा आइपुगेका शेर्पासँग भिडियो कलमार्फत कुरा गर्दै सफलताको शुभकामना दिएका हुन। कामिरिताले आइतबार  बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएका थिए । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका ५४ वर्षीय कामिरिता शेर्पाले  सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।

दामुको घरपरिवारको छायांकन अन्तिम चरणमा

0

कलाकार , लेखक , पत्रकार तथा दामुका घरपरिवारका सिरियलका निर्देशक दामोदर ढकालद्वारा लिखित तथा निर्देशित टेलि सिरियल दामुको घरपरिवारको छायांकन अन्तिम चरणमा पुगेको छ । सयौं अतिथि कलाकार रहेको यस सिरियलमा समाजको दैनिक जीवन घटने घटनालाई समेटिएको निर्देशक ढकालले जानकारी दिए ।
यस सिरियलमा मुख्य भुमिकामा दामोदर ढकालको नै अभिनय रहेको छ ।

सुख शान्ति टेलिभिजनबाट प्रसारण हुने सिरियलमा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूको अभिनय रहेको छ । रामनामी ओढेका ढकालको भुमिका फरक रहेको अनुमान गर्न सकिन्छ । यस अगाडि पनि ढकालले झम्टा सिरियल निर्माण गरेका थिए ।

नुवाकोट चिम्टेश्वर भ्युटावरले कहिले पाउला आन्तरिक र बिदेशी पर्यटक : अधिवक्ता रामेश्वर भण्डारी

0

राजधानीबाट नजिकको जिल्ला नुवाकोट बिकासबाट पछि परेता पनि नुवाकोटका स्थानीय सरकारले बिकासका काम देखाउन धेरैथोरै भएता पनि काम गरिरहेका छ्न । बेलकोटगढी नगरपालिकाले बेलकोटगढी कै रमणीयस्थल चिम्टेश्वर धार्मिक पर्यटन क्षेत्रमा नुवाकोटका सबै भुभाग देखिने काठमाडौ सिन्धुपाल्चोक रसुवा धादिङ लगायतका जिल्ला हेर्न मिल्ने गरि भब्यमहलको रुपमा भ्युटावर निर्माण गरेको छ । पहिलो कुरो काठमाडौ रानीपौवा हुदै त्रिशुली जाने पासाङलामु राजमार्गलाई सहिढंगबाट नबाउने हो भने यो भ्युटावरमा जान धेरै नै कठिनाइ भोग्नुपर्ने हुन्छ । पासाङलामु राजमार्गमा अहिले रानीपौवाको खण्डमा काम हुदै छ भने रानीपौवा भन्दा उता सडकको अबस्था नाजुक छ । बेलकोटगढी नगरपालिकाले चिम्टेश्वर भ्युटावरमा साच्चिकै आन्तरिक र बिदेशी पर्यटकलाई भित्र्याउन प्रयास गर्ने हो भने नगरपालिकाले छुट्टै बिकास समितिको निर्माण गरि आबश्यक पुर्बधार सहितको दिगो बिकासको मुल्यमान्यता सहितको कार्यगर्नु पर्ने देखिन्छ । खाने पानी बिजुली होमस्टे राम्रो होटल लगायत अस्पताल संचारको सुबिधा जस्ता कुरामा नगरपालिका लगायत प्रदेश र संघीय सरकार लागेको खण्डमा भ्युटावरले पर्यटक पाउन सक्ने अबस्था आउन सक्ने छ । अहिलेको यहि पाराले भ्युटावरको खासै अस्थित्व आउने अबस्थामा देखिदैन्न । बिकासका सबै पुर्बधारको निर्माणकार्य सकिसकेपछि मात्र बनाउनु पर्ने भ्युटावर सुरुमै बनाइदिएकोले गर्दा चाहेर पनि पर्यटन चाहे स्वदेशी हुन वा बिदेशी त्यो ठाउँमा जान सक्ने अबस्था हुदैन । साच्चिकै अब बेलकोटगढी नगरपालिकाले यो ठाउँमा पर्यटन सम्बन्धित व्यावसायिक गतिविधि गर्ने हो भने बिकासका आधारभुत कुरामा पहिलो प्राथमिकता दिनुपर्ने देखिन्छ ।नुवाकोटका सबै भाग र काठमाडौको पनि धेरैभाग देखिन सकिने अति सुन्दर ठाउँलाई धार्मिक पर्यटन क्षेत्र बनाउन स्थानीय सरकार , प्रदेश सरकार अनि संघीय सरकार लाग्ने हो भने यो ठाउँमा पर्यटन ब्यबसाय गर्ने सकिन्छ अनि बिदेशी देखि स्वदेशी सम्म पर्यटन चिम्टेश्वरमा भित्र्याउन सकिन्छ ।

राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको : केपी शर्मा ओली

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएको छन् ।
एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले  विकासका काम अगाडि बढ्न नसकेको बताएको हो ।

“विकासका कुरा कतिले बुझ्दैनन् । कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन् । यो जरुरी छैन भन्ठान्छन् । यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,” उनले भनेयो, “तर पनि हामीले काम गरिरहेका छौँ । अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ ।” उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने जानकारी पनि दिए। “पूर्वाधार विकास होइन । विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौँ,” उनले भने ।

उनले पूर्वाधारको विकास हुँदा  कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, विद्युत् विस्तार, संचारको विस्तारमा ठूलो प्रगति गरेको बताए। नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उनले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको स्पष्ट पारे। अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न अभियान सञ्चालन गरेको बताए ।

कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध

0

काठमाडौं । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरुले काठमाडौं महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउनेगरि महानगरभित्रका वडा कार्यालयहरुबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका हुन् ।

महानगरले आफूहरुको व्यवसायिक फर्मको दर्ता नविकरणसमेत नगरेको उनीहरुको गुनासो थियो । उनीहरुले आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए ।

सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनि (उच्च अदालत) बाट काठमाडौं महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरुले प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए ।

सो क्रममा प्रधानमन्त्री दाहालले कवाड व्यवसायीहरुको व्यवसायको सुरक्षाको प्रत्याभूति गराउनको लागि सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाएका थिए । अदालतको आदेशविपरित कोहीपनि जान नमिल्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।

तत्कालको समाचार

दुप्चेश्वर महादेवको जात्रा दुप्चेजात्राको तयारी पुरा : दुप्चेश्वर क्षेत्र बिकास कोष

दुप्चेश्वर नुवाकोट/ नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकामा अबस्थित दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने जात्रा( दुप्चेश्वर जात्रा ) मंसिर पुर्णिमा जात्रा यहि मंसिर२७ देखि २९ गते सम्म...

आजभोलि भेटघाटस्थल बन्दै काठमाडौको तारकेश्वरधाम गुम्बा

तारकेश्वरब धाम काठमाडौ / आजभोलि काठमाडौमा चिसो बढनेक्रम जारी रहदै छ । घामताप्ने अनि साथीहरूसँग भेटघाट गर्ने थलोको रुपमा अहिले तारकेश्वर धाम ( गुम्बा...

नेकपा एमाले नुवाकोटको निर्वाचन क्षेत्र १को (क) सचिबमा कृष्ण खतिवडा चयन

नेपाल कम्युनिस्ट पाटी ( एमाले )नुवाकोटको जिल्ला कमिटीको दोस्रो पुर्ण बैठक कात्तिक ९ गते जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा र स्थायी कमिटी...