Page 2

सुन्दरादेवी आधारभूत विद्यालयको ४२औँ वार्षिकोत्सव सम्पन्न

0

सुन्दरादेवी आधारभूत विद्यालयको ४२औँ वार्षिकोत्सव सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नं. ७ स्थित सुन्दरादेवी आधारभूत विद्यालयको ४२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस, शिक्षक सम्मान, शिक्षक विदाइ, अभिभावक सम्मान र पुरस्कार वितरण कार्यक्रम २०८२ मा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ती तामाङको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा विदुर नगरपालिका उपप्रमुख प्रभा बोगटी प्रमुख अतिथि रहेकी थिइन् भने वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र नेपाल विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा झंकनाथ अधिकारी, डा. भिमलाल तामाङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा पदाधिकारीहरू, शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक तथा विद्यालयलाई निरन्तर माया र सहयोग गर्दै आएका महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।
समारोहका क्रममा विद्यालयमा योगदान पुर्‍याएका शिक्षकहरूलाई सम्मान तथा विदाइ गरिएको थियो भने विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र सहयोगी अभिभावकहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबैको साझा प्रयास आवश्यक रहेको धारणा राखेका थिए।
विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ।

मुलुकलाई  आर्थिक रूपमा कंगाल बनाउनेहरू फेरि धारा, कुलो र सडक भन्दै गाउँ फर्किंदैछन् : अधिवक्ता भण्डारी

0

मुलुकलाई  आर्थिक रूपमा कंगाल बनाउनेहरू फेरि धारा, कुलो र सडक भन्दै गाउँ फर्किंदैछन् : अधिवक्ता भण्डारी
नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले मुलुकको अर्थतन्त्र कमजोर बनाउने शक्तिहरू पुनः धारा, कुलो र सडकजस्ता सामान्य विकासका नारा बोकेर गाउँगाउँ फर्किन थालेको भन्दै जनतालाई सचेत रहन आग्रह गर्नुभएको छ।
भण्डारीका अनुसार विगतमा सत्तामा रहेर गलत नीति र अपारदर्शी निर्णयमार्फत देशलाई आर्थिक संकटतर्फ धकेल्नेहरू अहिले फेरि पुरानै शैलीमा जनताको भावनामाथि खेल्न खोजिरहेका छन्। उहाँले विकासको नाममा गरिने सतही र अस्थायी कामले दीगो समृद्धि सम्भव नहुने बताउनुभयो।
“देशलाई ऋणको बोझमा डुबाउनेहरू फेरि धारा, कुलो र सडकको आश्वासन लिएर गाउँ पस्दैछन्,” भण्डारीले भन्नुभयो, “अब जनता भावनामा होइन, विवेक र तथ्यका आधारमा निर्णय गर्नुपर्छ।”
उहाँले सुशासन, पारदर्शिता र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता नदिइएसम्म विकास केवल नारा र प्रचारमा सीमित हुने उल्लेख गर्नुभयो।
भण्डारीले सचेत नागरिक र जिम्मेवार नेतृत्व नै मुलुकको आर्थिक पुनरुत्थान र दीगो विकासको आधार हुने धारणा व्यक्त गर्नुभयो।

तादी गाउँपालिका–१ काल्चेमा २ विद्यालयका २६० विद्यार्थीलाई न्यानो कपडा वितरण

0

तादी गाउँपालिका–१ काल्चेमा २ विद्यालयका २६० विद्यार्थीलाई न्यानो कपडा वितरण


नुवाकोट । शिक्षा समाज सुधारको मेरुदण्ड भएको उल्लेख गर्दै तादी गाउँपालिका वडा नं. १ काल्चेमा अवस्थित भौगोलिक रूपमा विकट क्षेत्रका मंगलेश्वरी आधारभूत विद्यालय र कल्पेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत २६० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।
जाडो मौसममा विद्यार्थीहरूलाई केही राहत पुर्‍याउने उद्देश्यले वडा अध्यक्ष अर्जुन तामाङको आग्रहमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम पूर्व माननीय के. हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि तामाङले विद्यार्थी भाइबहिनीहरूलाई न्यानो कपडा वितरण गर्दै शिक्षा क्षेत्रमा सबैको साझा जिम्मेवारी रहने बताउनुभयो। उहाँले दुर्गम क्षेत्रका विद्यालय तथा विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा युवा नेता किरण रिजाल तथा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठको पनि उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले शिक्षा र सामाजिक सेवामा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउने बताएका छन्।
स्थानीय विद्यालय प्रशासन र अभिभावकहरूले विद्यार्थी लक्षित सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रम निरन्तर हुने अपेक्षा व्यक्त गरेका छन्।

नेकपा एमाले नुवाकोट क्षेत्र–१ बाट बद्री मैनाली एकल सिफारिस 

0

नेकपा एमाले नुवाकोट क्षेत्र–१ बाट बद्री मैनाली एकल सिफारिस
नुवाकोट । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका जिल्ला अध्यक्ष बद्री मैनालीलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ।
शनिबार सम्पन्न नेकपा एमाले क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी बैठकले सर्वसम्मत निर्णय गर्दै मैनालीको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ का संयोजक शुशील खड्काले क्षेत्रीय कमिटीमा व्यापक सहमति कायम भएसँगै अध्यक्ष मैनालीको नाम एकल रूपमा सिफारिस गरिएको जानकारी दिए।
उनका अनुसार पार्टी संगठन सुदृढीकरण, राजनीतिक अनुभव र स्थानीय जनसमर्थनलाई आधार मानेर मैनालीलाई उम्मेदवारका रूपमा अघि सारिएको हो।

संरक्षणको पर्खाइमा खरानीटार उच्च माविको जीर्ण भवन

0

संरक्षणको पर्खाइमा खरानीटार उच्च माविको जीर्ण भवन
नुवाकोट—खरानीटार उच्च माध्यमिक विद्यालयको उत्तर–पूर्व क्षेत्रमा अवस्थित चार दशकअगाडि निर्माण गरिएको छात्रावास भवन जीर्ण बन्दै गएको छ। निर्माणकाे समयमा अभिभावक तथा विद्यार्थीहरूमा खुसी छाएको उक्त भवन अहिले संरक्षण अभावमा भत्किनै लागेको छ।
शैक्षिक पूर्वाधार अत्यन्त कम रहेको समयमा विद्यार्थीको आवासीय आवश्यकताका लागि महत्वपूर्ण मानिएको उक्त भवनले विगतमा भौतिक प्रयोगसँगै समाजका अनेकौँ घटनाक्रमको साक्षी बन्दै आएको स्थानीयको भनाइ छ। भूत–प्रेतका कथादेखि राजनीतिक गतिविधिसम्म इतिहास समेटिएको भनिने भवन आज भत्किने अवस्थामा पुगेको हो।
समयसँगै सुन्दरतामा कमी आउँदै जाँदा भवनसँग सम्बन्धित जग्गासमेत झारपातले ढाकिएको छ। स्थानीयले यसलाई ऐतिहासिक सम्पदा जस्तै संरक्षण गर्न माग गरेका छन्।
नेपालमा धरहरा, रानीपोखरी लगायत ऐतिहासिक संरचनाहरू पुनर्निर्माण हुँदै गर्दा संरक्षित हुनुपर्ने यस प्रकारका भवनहरू उपेक्षामा परेको स्थानीयको गुनासो छ। पुराना संरचनाको संरक्षणमा भक्तपुरलाई उदाहरणीय भन्दै सर्वसाधारणले यस्ता महत्वपूर्ण सम्पदाप्रति सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

तत्कालको समाचार

तारा बहादुर काकींलाई कार्यकारिणी सदस्यमा विजयी गराउन अपिल

तारा बहादुर काकींलाई कार्यकारिणी सदस्यमा विजयी गराउन अपिल काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ साधारण सभा तथा अधिवेशन नजिकिँदै गर्दा विभिन्न पदका लागि उम्मेदवारहरूले...

नुवाकोटको शिक्षामा संकट: विद्यालय मर्जको दबाब, काठमाडौंमा भर्ना पाउन विद्यार्थीलाई कठिनाइ

jनुवाकोटको शिक्षामा संकट: विद्यालय मर्जको दबाब, काठमाडौंमा भर्ना पाउन विद्यार्थीलाई कठिनाइ नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा विद्यालय मर्ज गर्ने चर्चा तीव्र...

तादीका जनता बजेट पर्खाइमा, जनप्रतिनिधिको कामको मूल्यांकन हुने बेला

तादीका जनता बजेट पर्खाइमा, जनप्रतिनिधिको कामको मूल्यांकन हुने बेला नुवाकोट । तादी गाउँपालिकाले चालु कार्यकालको चौथोपटक बजेट सार्वजनिक गर्ने समय नजिकिँदै गर्दा स्थानीय नागरिकहरू आगामी...