
तादी, नुवाकोट ।
तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा मिति २०८३ जेठ १४ गते गृहिणी महिला सशक्तीकरण तथा उद्यमशीलता तालिम अन्तर्गत सिलाइ–कटाइ तालिम कार्यक्रम समुद्घाटन औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
कार्यक्रममा सहभागी गृहिणी महिला दिदीबहिनीहरूको उत्साहजनक उपस्थितिका बीच तालिमको उद्घाटन गरिएको हो। तालिममार्फत महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी आत्मनिर्भर, व्यवसायिक तथा उद्यमशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
उपाध्यक्ष प्याकुरेलले महिलाको आर्थिक सशक्तीकरण बिना समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै यस्ता सीपमूलक तालिमले महिलाहरूलाई स्वरोजगार तथा आयआर्जनका सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
तादी गाउँपालिकाले महिला सशक्तीकरण, उद्यम विकास तथा स्वरोजगार प्रवर्द्धनका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। तालिमबाट सहभागी महिलाहरूले व्यवहारिक सीप हासिल गरी आफ्नै व्यवसाय सञ्चालन गर्न सक्षम हुने अपेक्षा गरिएको छ।
Home banner news गृहिणी महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्यसहित तादीमा सिलाइ–कटाइ तालिम शुभारम्भ










