तारकेश्वर काठमाडौ ।
कौशल बोर्डिङ स्कुलद्वारा आयोजित एसईई (SEE) बिदाइ तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुधिनराज बुढाथोकी तथा विशेष अतिथिका रूपमा प्रा. डा. नवराज कट्टेलको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक सफलतामा महत्वपूर्ण योगदान पुर्याउने समर्पित शिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। त्यसैगरी, एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले शिक्षा, अनुशासन र निरन्तर मेहनतले जीवनमा सफलता हासिल गर्न सकिने उल्लेख गर्दै एसईई उत्तीर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।
विद्यालयले एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अभिभावक, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारप्रति विद्यालयले आभार व्यक्त गरेको छ।










