Page 7

राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्याबारे नुवाकोटमा अन्तरक्रिया सम्पन्न

0

राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्याबारे नुवाकोटमा अन्तरक्रिया सम्पन्न
नुवाकोट, असार ११ — क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नुवाकोट जिल्ला समितिको आयोजनामा “राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला सेक्रेटरी अर्जुनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य रामसिंह श्रीष प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा ८ नम्बर  इन्चार्ज सरोज पौडेल, ८ ब्युरोका सचिव, नेकपा (एमाले) नुवाकोटका जिल्ला सचिव शिव चित्रकार, वामपन्थी बुद्धिजीवी इन्द्र पण्डित, प्रा. डा. शम्भुप्रसाद कटेल तथा स्वतन्त्र वामपन्थी नेता एवं अधिवक्ता रामेश्वर भण्डारीको विशेष उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा नुवाकोटका वास्तविक सुकुम्बासीहरूको समेत बाक्लो सहभागिता रहेको थियो। सहभागी सुकुम्बासीहरूले आफूहरूले भोग्दै आएका भूमि व्यवस्थापन, आवास तथा जीविकोपार्जनसँग सम्बन्धित विभिन्न समस्या र पिरमर्का प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले राष्ट्रिय स्वाधीनताको संरक्षण, देशको आर्थिक आत्मनिर्भरता तथा भूमिहीन र सुकुम्बासी नागरिकहरूको समस्या समाधानलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी वैज्ञानिक र न्यायोचित ढंगले भूमि व्यवस्थापन तथा स्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका थिए।
वक्ताहरूले राष्ट्रिय हित, जनजीविकाका सवाल तथा सामाजिक न्यायका विषयमा राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायबीच साझा पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा उपस्थित सहभागीहरूले राष्ट्रिय स्वाधीनता, भूमि समस्या तथा सुकुम्बासीहरूको अधिकार सुनिश्चित गर्न राज्यले प्रभावकारी नीति र कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए। अन्तरक्रियाले राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्याका विषयमा व्यापक बहस तथा सुझाव संकलन गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

अमरज्योति माध्यमिक विद्यालयको कक्षा १२ मा शतप्रतिशत नतिजा, विद्यार्थीलाई बधाई र शिक्षकप्रति आभार

0

अमरज्योति माध्यमिक विद्यालयको कक्षा १२ मा शतप्रतिशत नतिजा, विद्यार्थीलाई बधाई र शिक्षकप्रति आभार
नुवाकोट, असार ६ — तादी गाउँपालिका–३, खरानीटारस्थित अमरज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित २०८२ सालको कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए सहित शतप्रतिशत (१०० प्रतिशत) नतिजा हासिल गर्न सफल भएका छन्।
यस उल्लेखनीय सफलताप्रति विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको छ।
साथै, विद्यार्थीहरूको सफलताका लागि निरन्तर मेहनत र समर्पणका साथ खटिनुहुने प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षक तथा शिक्षिकाप्रति विशेष आभार व्यक्त गरिएको छ। विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालय परिवारको सहयोग र समन्वयले समेत यस सफलतामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ।
अमरज्योति माध्यमिक विद्यालयले हासिल गरेको यो उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तर र प्रतिष्ठालाई थप उचाइमा पुर्‍याएको विश्वास गरिएको छ। आगामी दिनमा पनि विद्यालयले यस्तै उत्कृष्ट नतिजा कायम राख्दै शैक्षिक क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्ने अपेक्षा गरिएको छ।

कानुन निर्माण क्यालेन्डर तय गर्न कानुन मन्त्रालयको मन्त्रालयगत छलफल सम्पन्न: छिट्टै मस्यौदा बनाउन मन्त्रीको आग्रह

0

आर्थिक वर्ष २०८३/८४ को कानुन निर्माण क्यालेन्डर तय गर्न कानुन मन्त्रालयको मन्त्रालयगत छलफल सम्पन्न: छिट्टै मस्यौदा बनाउन मन्त्रीको आग्रह

५ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्मा पठाउने विधेयकहरूबारे मन्त्रालयगत छलफल सकाएको छ ।

कानुनमन्त्री सोबतिा गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन् ।

संसद्मा पठाउने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ ? र कस्ता विधेयकको प्राथमिकीकरणमा राखिएको छ ? भन्नेबारे मन्त्री गौतमले छलफल गरेकी थिइन् ।

विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकतासहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेस गर्नुपर्छ ।

विधेयकहरू संसद्मा पुग्नुअघि ध्यान दिनुपर्ने विषय र कसरी जनमैत्री कानुन निर्माण गरेर सेवा सुविधालाई चुस्त बनाउन सकिन्छ भनेर मन्त्री गौतमले छुट्टाछुट्टै छलफल गरेकी हुन् ।

छलफलका क्रममा मन्त्री गौतमले बनाउनुपर्ने कानुनको मस्यौदा गर्न मन्त्रालयहरूलाई अनुरोध गरेकी थिइन् । सो क्रममा मन्त्रीहरूले तयारी गरिरहेको भन्दै छिट्टै विधेयकको सूची पठाउने प्रतिबद्धता जनाएका थिए ।

विधेयकहरूको सूची समयमै अन्तिम गरी पठाउने तथा प्रत्येक विधेयकको स्पष्ट समयरेखा निर्धारणका बारेमा पनि छलफल भएको थियो ।

विधायन ऐनको प्रभावकारी कार्यान्वयन गर्दै हतारमा कानुन निर्माण नगरी गुणस्तरीय कानुन निर्माणमा जोड दिनुपर्ने बारे पनि विभिन्न मन्त्रालयसँग छलफल भएको मन्त्री गौतको सचिवालयले जनाएको छ ।

मन्त्री गौतमले हतार नगरी कानुन निर्माणमा पर्याप्त गृहकार्य गर्दा कार्यान्वयन सहज हुने तथा अस्पष्ट वा परस्पर विरोधाभाषी कानुनले राज्यको समय, श्रमशक्ति र स्रोतको अनावश्यक खर्च गराउने तर्फ ध्यानाकर्षण गराइन् ।

कानुन निर्माण प्रक्रियालाई प्रभावकारी, समयबद्ध र गुणस्तरीय बनाउन सम्बन्धित मन्त्रालयहरूले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताउँदै गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानुन तर्जुमा कार्य अगाडि बढाउन मन्त्रीहरूलाई आग्रह गरेकी थिइन् ।

जनभावना अनुसार सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक कानुनहरूको निर्माण तथा भएका कानुनमा संशोधनका लागि विधेयकहरू निर्माण गर्न अन्तर मन्त्रालय छलफल गरिएको कानुन मन्त्रालयले जनाएको छ ।

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
तादी, नुवाकोट । तादी गाउँपालिका उपाध्यक्ष तथा बाल विवाह अन्त्य अभियानकी संयोजक पालिका उपाध्यक्ष सन्जु प्याकुरेल को अध्यक्षतामा बाल विवाह अन्त्यका लागि समुदायमा परिचालन कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत तादी गाउँपालिका वडा नं. १ उर्लेनीस्थित श्री सुन्दरा माध्यमिक विद्यालय र श्री मंगलेश्वरी आधारभूत विद्यालय तथा वडा नं. ६ चामोटस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागितामा बाल विवाहका असर, कानुनी व्यवस्था, बाल अधिकार तथा किशोर–किशोरीको भूमिका सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा उपाध्यक्ष प्याकुरेलले बाल विवाह समाजको गम्भीर सामाजिक समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि विद्यालय, अभिभावक, समुदाय तथा स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्य सुनिश्चित गर्न बाल विवाहविरुद्ध सबै सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
सहभागी विद्यार्थीहरूले बाल विवाहका कारण हुने शारीरिक, मानसिक, सामाजिक तथा शैक्षिक असरबारे जानकारी प्राप्त गर्नुका साथै आफ्ना जिज्ञासा र अनुभवहरू समेत राखेका थिए। कार्यक्रममा बाल विवाह रोकथाममा विद्यार्थी स्वयंको भूमिका, कानुनी प्रावधान तथा समुदायस्तरमा गर्न सकिने पहलका विषयमा समेत छलफल गरिएको थियो।
तादी गाउँपालिकाले बाल विवाहमुक्त समाज निर्माण गर्ने लक्ष्यका साथ विद्यालय तथा समुदायस्तरमा निरन्तर सचेतना, अन्तरक्रिया र समुदाय परिचालनका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। उक्त कार्यक्रमले विद्यार्थीहरूमा बाल विवाहप्रति सचेतना अभिवृद्धि गर्नुका साथै यसको अन्त्यका लागि सकारात्मक सन्देश प्रवाह गरेको विश्वास लिइएको छ।

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ! Call Mobility Pvt. Ltd.

0

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ! Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT 5 लाई देशकै पहिलो ‘मर्निङ फिटनेस क्लब पार्टी’ तथा त्यसपछिको ५ किलोमिटर दौड कार्यक्रम मार्फत औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो विशेष कार्यक्रमले फिटनेसप्रेमी, स्वास्थ्य सचेत व्यक्तित्व, कन्टेन्ट क्रिएटर तथा प्रविधिप्रेमीहरूलाई एकै ठाउँमा ल्याएर व्यायाम, संगीत र नवीन प्रविधाको अनुपम अनुभव प्रदान गर्‍यो।

Meltdown सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम ठमेलस्थित Club Nova मा सम्पन्न भएको थियो। कार्यक्रममा स्थललाई फिटनेस र लाइफस्टाइलको आकर्षक केन्द्रका रूपमा रूपान्तरण गरिएको थियो, जसले HUAWEI WATCH FIT 5 को सक्रिय, स्टाइलिस र आधुनिक जीवनशैलीलाई झल्काउने विशेषतालाई प्रतिविम्बित गरेको थियो। स्टाइलमा कुनै सम्झौता नगरी सक्रिय जीवनशैली अपनाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको HUAWEI WATCH FIT 5 ले आकर्षक, हलुका र आधुनिक डिजाइनसँगै उन्नत स्वास्थ्य तथा फिटनेस ट्र्याकिङ सुविधाहरू प्रदान गर्दछ। स्ट्र्यापबाहेक करिब २७ ग्राम मात्र तौल भएको र ९.५ मिमि पातलो डिजाइनमा उपलब्ध यो स्मार्टवाच दिनभर लगाउन सहज र आरामदायी छ।

यसमा रहेको १.८२ इन्चको AMOLED डिस्प्ले ले अधिकतम २,५०० निट्स सम्मको ब्राइटनेस प्रदान गर्दछ, जसले गर्दा कडा घाममा पनि नोटिफिकेसन, स्वास्थ्यसम्बन्धी जानकारी तथा वर्कआउट डाटा सजिलै हेर्न सकिन्छ। HUAWEI WATCH FIT 5 मा रहेको Mini-Workout Assistant ले केही मिनेटमै शरीरलाई पुनः ऊर्जावान बनाउन मद्दत गर्दछ। यसमा घाँटी, काँध, ढाड लगायत शरीरका १० विभिन्न भागहरू लक्षित ३० वटा छोटा तथा निर्देशित व्यायामहरू समावेश छन्, जसका लागि कुनै अतिरिक्त उपकरण आवश्यक पर्दैन।

व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस स्मार्टवाचले हल्का प्रयोगमा १० दिनसम्म, सामान्य प्रयोगमा ७ दिनसम्म तथा Always-On Display सक्रिय हुँदा ४ दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्दछ। वायरलेस चार्जिङ सुविधासहित उपलब्ध यस डिभाइसमा Bluetooth तथा NFC सपोर्ट पनि रहेको छ।Android 9.0 वा सोभन्दा माथिका तथा iOS 13.0 वा सोभन्दा माथिका स्मार्टफोनहरूसँग सहज रूपमा काम गर्ने HUAWEI WATCH FIT 5 ले प्रयोगकर्ताको दैनिक जीवनलाई अझ स्मार्ट बनाउँछ। यसमा रहेको इनबिल्ट स्पिकर र माइक्रोफोन मार्फत अझ सुविधाजनक वेयरेबल अनुभव प्राप्त गर्न सकिन्छ।

स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस स्मार्टवाचमा उन्नत Optical Heart Rate Sensor सहित विभिन्न स्वास्थ्य तथा गतिविधि मापन गर्ने सेन्सरहरू समावेश छन्। यसमा Accelerometer, Gyroscope, Magnetometer, Ambient Light Sensor, Barometer तथा Temperature Sensor जस्ता अत्याधुनिक सेन्सरहरू उपलब्ध छन्। नवीनताको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा Huawei ले सोही अवसरमा HUAWEI FreeClip 2, HUAWEI FreeBuds 7i तथा HUAWEI FreeBuds SE 2 समेत नेपाली बजारमा सार्वजनिक गरेको छ। यी नयाँ अडियो उत्पादनहरूले प्रयोगकर्तालाई अझ सहज, स्मार्ट तथा उत्कृष्ट ध्वनि अनुभव प्रदान गर्ने लक्ष्य राखेका छन्।

मूल्य तथा उपलब्धता

• HUAWEI WATCH FIT 5 – रु. 27,990
• HUAWEI FreeClip 2 – रु. 33,990
• HUAWEI FreeBuds 7i – रु. 17,990
• HUAWEI FreeBuds SE 2 – रु. 7,490
यी सबै उत्पादनहरू नेपालभर रहेका अधिकृत HUAWEI रिटेल स्टोर तथा रिसेलरहरू मार्फत उपलब्ध छन्।

वेबसाइटहरू:
• https://efix.com.np/product/huawei-fit-5
• https://www.instagram.com/huawei.nepal/
• https://www.facebook.com/HuaweimobileNP/

छहरे–टोखा सुरुङमार्ग फेरि पनि अध्ययनमै : अध्ययनले नै खायो २० वर्ष – अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोट,  /अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट–काठमाडौं जोड्ने बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्ग निर्माण योजना दुई दशक बितिसक्दा पनि अध्ययनकै चरणमा सीमित रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो, “छहरे–टोखा सुरुङमार्गको अवधारणा आएको करिब २० वर्ष भइसक्यो, तर आजसम्म पनि योजना अध्ययन, सम्भाव्यता परीक्षण र प्रतिवेदनमै अल्झिएको छ। विकासका नाममा अध्ययनमात्र भइरहँदा नुवाकोटवासीले प्रत्यक्ष लाभ पाउन सकेका छैनन्।”
भण्डारीका अनुसार उक्त सुरुङमार्ग निर्माण भए नुवाकोट, रसुवा तथा चीनसँगको व्यापारिक नाका जोड्ने मार्ग छोटिने, यात्राको समय घट्ने, पर्यटन तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने थियो। काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गका रूपमा समेत यसको ठूलो महत्व रहेको उहाँको भनाइ छ।
उहाँले सरकारले राष्ट्रिय गौरव र रणनीतिक महत्वका परियोजनाहरूलाई अध्ययनभन्दा कार्यान्वयनमा केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “जनताले प्रतिवेदन होइन, परिणाम खोजिरहेका छन्। हरेक सरकार परिवर्तनसँगै नयाँ अध्ययन गर्ने तर निर्माण प्रक्रिया अघि नबढाउने प्रवृत्तिले विकासलाई पछाडि धकेलेको छ।”
भण्डारीले छहरे–टोखा सुरुङमार्गलाई केवल नुवाकोटको मात्र नभई बागमती प्रदेश र समग्र देशकै आर्थिक विकाससँग जोडिएको परियोजनाका रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो। उहाँले सम्बन्धित निकायहरूलाई अध्ययन प्रतिवेदनलाई शीघ्र कार्यान्वयनमा लैजान र निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ।
“अब अध्ययनमाथि अध्ययन होइन, निर्माणको थालनी आवश्यक छ,” उहाँले भन्नुभयो। “२० वर्षदेखि प्रतिक्षारत जनताले अब वास्तविक प्रगति देख्न पाउनुपर्छ।”

नुवाकोटका ऐतिहासिक तथा धार्मिक संस्थाका नाममा दर्ता सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोटका ऐतिहासिक तथा धार्मिक संस्थाका नाममा दर्ता सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट,  / अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट जिल्लामा शेरा दरबार, भैरबी मन्दिर, जलापा देवी, देवीदेवस्थान तथा विभिन्न मठ–मन्दिरका नाममा दर्ता रहेका सरकारी प्रकृतिका जग्गाहरूको यथार्थ छानबिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सरकारकै नाममा फिर्ता ल्याउनुपर्ने बताएका छन्।
भण्डारीले सार्वजनिक सम्पत्ति र सरकारी जग्गाको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदासँग सम्बन्धित जग्गाहरूको अभिलेख अद्यावधिक गर्न आवश्यक रहेको बताए। उनका अनुसार विगतमा विभिन्न कारणले व्यक्ति, संस्था वा गुठी तथा धार्मिक निकायका नाममा दर्ता भएका जग्गाको वास्तविक अवस्था अध्ययन गरी सार्वजनिक हितअनुसार व्यवस्थापन गरिनुपर्छ।
उनले हाल सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडि बढाएको सन्दर्भमा नुवाकोटका यस्ता सम्पत्तिको पनि विस्तृत अध्ययन हुनुपर्ने धारणा व्यक्त गरे। “शेरा दरबार, भैरबी, जलापा, देवीदेवस्थान तथा विभिन्न मठ–मन्दिरका नाममा रहेका जग्गाको स्वामित्व, उपयोग र कानुनी अवस्थाबारे छानबिन गरी सरकारी प्रकृतिका जग्गा भए सरकारकै नाममा कायम गर्नुपर्छ,” भण्डारीले भने।
उनका अनुसार सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षणले ऐतिहासिक सम्पदाको सुरक्षा, अतिक्रमण नियन्त्रण तथा भावी पुस्ताका लागि राष्ट्रिय सम्पत्तिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।
भण्डारीले सम्बन्धित निकायलाई नापी, मालपोत, गुठी तथा स्थानीय तहसँग समन्वय गरी यस्ता जग्गाको तथ्यगत विवरण संकलन गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। उनले सार्वजनिक सम्पत्तिको संरक्षणलाई राजनीतिक विषयभन्दा माथि उठेर राष्ट्रिय हितको विषयका रूपमा लिनुपर्ने समेत बताएका छन्।

इनर्जी ड्रिंकको बजार विस्तार तीव्र, नेपाली उत्पादनले जित्दै छ युवा मन

0

काठमाडौं। नेपाली बजारमा अहिले इनर्जी ड्रिंकको बजार व्यापक बिस्तार भएको पाइन्छ। बिशेष गरि स्वदेशी उत्पादन ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंकले छोटो समयमै आफ्नो बजार बिस्तारमा महत्वपूर्ण उपलब्धि पाइरहेको देखिन्छ । तीव्र गतिमा बजार विस्तार गर्दै ‘एक्स्ट्रिम’ले युवा वर्गलाई आकर्षित गर्दै नेपाली उत्पादनको गुणस्तरलाई नयाँ उचाइ दिइरहेको छ। ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंकको ब्यापार र माग काठमाडौं उपत्यकामा मात्र सिमित नभई देशका प्रमुख शहरहरू पोखरा, विराटनगर, नेपालगञ्ज, धरान,चितवन लगायत देशभर माग बढ्दो छ। विशेष गरी विद्यार्थी, खेलाडी र व्यस्त पेशाकर्मीहरूबीच यो ड्रिंक लोकप्रिय बन्दै गएको पाइन्छ । प्राकृतिक तत्वहरूको मिश्रण गरेर बनाएको यो ड्रिंकले ऊर्जा मात्र होइन, ताजा उत्साह पनि प्रदान गर्छ।

आकर्षक र आक्रामक प्रचार शैली
छोटो समयमा नै सफल ब्राण्ड बन्न ‘एक्सट्रिम’ को सफलताको मुख्य आधार भनेको नै यसको आकर्षक प्रचारप्रसार अभियान हो । सोसल मिडियामा देखिने छोटा–छोटा भिडियोहरू, इन्फ्लुएन्सरहरूसँगको सहकार्य र ‘एक्सट्रिम च्यालेन्ज’ जस्ता कार्यक्रमहरूले युवाहरूलाई प्रत्यक्ष एकआपसमा जोडेको छ । नेपाली उत्पादनलाई विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न कठिन मानिने नेपाली बजारमा ‘एक्सट्रिम’ ले त्यसलाई गलत साबित गर्दै आफ्नो मूल्य र गुणस्तर सन्तुलन गरेर आफ्नो स्थान एक नम्बर बनाउन सफल भएको छ ।
सकारात्मक प्रतिक्रिया
अहिले बजारमा एक्स्ट्रिमको प्रवेशसँगै चर्चा परिचर्चा सुरु भएको छ । आफ्नो जीवनशैलीमा नियमित प्रयोग गर्ने युवाहरु यसबाट आफुहरु निक्कै उत्साहित र प्रभावित भएको बताउँछन् । उपभोक्ता मात्र होइन व्यवसायीहरु समेत एक्स्ट्रिमको माग धेरै हुँदा आफ्नो ब्यापार बिस्तारमा यस उत्पादनले ठुलो योगदान दिएको बताउँछन् । एक्स्ट्रिमले आगामी दिनमा उत्पादन क्षमता विस्तार गर्दै नेपालमा बनेको गुणस्तरीय उत्पादनलाई विदेशी बजारमा पनि पुर्‍याउन सके अझ देशको अर्थतन्त्रमा थप योगदान पुग्ने व्यवसायीहरु बताउँछन् । उपभोक्ताहरू विदेशी ब्रान्डको तुलनामा स्वाद र ऊर्जा दुवैमा ‘एक्सट्रिम’ राम्रो र स्वादिलो रहेको धारणा राख्छन ।
आत्मनिर्भर अर्थतन्त्र
नेपालमा ब्यापार घाटा बढ्दो क्रममा रहेका बेला नेपाली अर्थतन्त्रलाई बलियो र आत्मनिर्भर बनाउन ‘एक्सट्रिम’ जस्ता स्वदेशी उत्पादनहरूले महत्वपूर्ण योगदान दिइरहेका छन्। बजार विस्तारसँगै रोजगारी सिर्जना,आयातमा निरुत्साहित,राजस्वमा योगदान तथा स्थानीय कच्चा पदार्थको उपयोगले गर्दा यसले अर्थतन्त्रमा थप सकारात्मक प्रभाव पारेको छ । नेपाली उद्यमीहरूलाई एक्सट्रिमको सफलताले स्वदेशमा केहि गर्ने प्रोत्साहन मिलेको देखिन्छ। ‘एक्सट्रिम’ इनर्जी ड्रिंकले गुणस्तर, आकर्षक प्रचारप्रसार र उपभोक्ता केन्द्रित रणनीतिले नेपाली उत्पादनले पनि अन्तर्राष्ट्रिय स्तरको बजार जित्न सक्छन् भन्ने तथ्य प्रमाणित गरेको छ ।
कार्यक्षमताको खोजी
आजको प्रतिस्पर्धात्मक बजारमा कार्यक्षमता (Productivity) एउटा महत्वपूर्ण विषय र आम प्रतिष्ठा बनेको छ। विद्यार्थीहरू राम्रो नतिजा खोजिरहेका छन् भने कर्मचारीहरू कार्यस्थलमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन्।त्यस्तै व्यवसायीहरू बढी समय सक्रिय रहन चाहन्छन्। खेलाडीहरू आफ्नो प्रदर्शन सुधार गर्न निरन्तर प्रयासरत छन्। यही कारण “Focus”, “Performance”, “Energy” जस्ता शब्दहरू आधुनिक बजारमा अत्यन्त प्रभावशाली बनेका छन्। इनर्जी ड्रिंक ब्रान्डहरूले पनि आफ्नो प्रचार–प्रसारमा यिनै सन्देशहरूलाई प्राथमिकता दिइरहेका छन्। युवा पुस्ता केवल उत्पादनको गुणस्तरबाट मात्र प्रभावित हुँदैन। उनीहरू ब्रान्डको कथा, पहिचान र जीवनशैलीसँग पनि जोडिन चाहन्छन्। यही कारणले इनर्जी ड्रिंक कम्पनीहरूले आफ्नो विज्ञापनमा साहसिक खेल, सफलता, आत्मविश्वास, नेतृत्व क्षमता र उपलब्धिलाई प्राथमिकता दिन्छन्। जब कुनै युवा खेलाडी, जिम प्रशिक्षक वा सफल व्यक्तिसँग ब्रान्ड जोडिन्छ, त्यसले उपभोक्तामा सकारात्मक प्रभाव पार्छ। ‘एक्सट्रिम’ जस्ता ब्रान्डहरूको दृश्यात्मक प्रस्तुति हेर्दा पनि ऊर्जा, गति र उच्च प्रदर्शनलाई प्राथमिकता दिइएको देखिन्छ।यहि कारण आज यो ड्रिंक लोकप्रिय र सबैको रोजाइमा पर्न सफल भएको छ।

नुवाकोटको तादीमा बनेका जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कति पूरा गरेका छन् ? स्थानीय तहले समीक्षा गर्ने बेला आएको छ : अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोटको तादीमा बनेका जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कति पूरा गरेका छन् ? स्थानीय तहले समीक्षा गर्ने बेला आएको छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट, / अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटको तादी क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनाहरूले स्थानीय समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कति प्रभावकारी रूपमा पूरा गरेका छन् भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
उनले जलविद्युत् आयोजना निर्माणका क्रममा स्थानीय बासिन्दाले जग्गा उपलब्ध गराउने, वातावरणीय प्रभाव सहने तथा विभिन्न प्रकारका असुविधा व्यहोर्ने गरेको उल्लेख गर्दै आयोजनाबाट प्रभावित क्षेत्रका नागरिकले अपेक्षा गरेअनुसार प्रतिफल पाए वा पाएनन् भन्ने विषयमा सम्बन्धित पालिका र सरोकारवाला निकायले मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
भण्डारीका अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगार सिर्जना, सीप विकास तथा वातावरण संरक्षणका क्षेत्रमा आयोजनाहरूले गरेको लगानी र योगदानको वास्तविक अवस्था सार्वजनिक हुन आवश्यक छ। उनले सामाजिक उत्तरदायित्वका नाममा भएका कार्यक्रमहरूको प्रभावकारिता, पारदर्शिता र दीर्घकालीन परिणामबारे समेत अध्ययन गर्नुपर्ने बताए।
“जलविद्युत् आयोजनाहरूले स्थानीय स्रोत र साधनको उपयोग गरेर मुनाफा आर्जन गरिरहेका छन् भने प्रभावित समुदायको विकासमा उनीहरूको योगदान पनि स्पष्ट देखिनुपर्छ,” भण्डारीले भने, “स्थानीय तहहरूले आयोजनासँग भएका सम्झौता, सामाजिक उत्तरदायित्वअन्तर्गत भएका काम तथा बाँकी दायित्वहरूको समीक्षा गरी सार्वजनिक जानकारी दिनु आवश्यक छ।”
उनले विकास आयोजना र स्थानीय समुदायबीचको सम्बन्धलाई थप विश्वासिलो बनाउन सामाजिक उत्तरदायित्वका कार्यक्रम प्रभावकारी, पारदर्शी र जनमुखी हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
भण्डारीले तादी क्षेत्रका जलविद्युत् आयोजनाहरूले स्थानीय विकासमा गरेको योगदान, सिर्जित रोजगारी, वातावरणीय व्यवस्थापन तथा सामाजिक लगानीको अवस्था सम्बन्धमा सम्बन्धित गाउँपालिका, सरोकारवाला निकाय र स्थानीय समुदायले संयुक्त रूपमा समीक्षा गर्ने समय आएको बताएका छन्।

नुवाकोट रातमाटेबाट सुरु भयो एमसिए नेपालको २९७ किलोमिटर प्रसारण लाइन तथा दुई सबस्टेशन निर्माण

0

रातमाटेबाट सुरु भयो एमसिए नेपालको २९७ किलोमिटर प्रसारण लाइन तथा दुई सबस्टेशन निर्माण
नुवाकोट,  / एमसिए नेपालले नेपालको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तार गर्ने उद्देश्यले दुईवटा नयाँ सबस्टेशन र २९७ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटेमा बुधबार आयोजित कार्यक्रममा अर्थ सचिव तथा एमसिए नेपाल सञ्चालक समिति अध्यक्ष डा. घनश्याम उपाध्याय ले परियोजनाको शिलान्यास गरेका हुन्।
परियोजना अन्तर्गत लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा, रातमाटे–न्यू दमौली तथा न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्डको निर्माण गरिनेछ। साथै रातमाटे सबस्टेशन र न्यू दमौली सबस्टेशन को समेत शिलान्यास गरिएको छ।
एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत सञ्चालन हुने विद्युत प्रसारण आयोजनामा तीनवटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेशन तथा करिब ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गरिने लक्ष्य रहेको छ। हाल पहिलो चरणमा २९७ किलोमिटर प्रसारण लाइन र दुई सबस्टेशनको निर्माण प्रक्रिया अघि बढाइएको एमसिए नेपालले जनाएको छ।
उक्त आयोजना संयुक्त राज्य अमेरिका र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको हो। परियोजनाका लागि अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान तथा नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर बराबरको लगानी रहेको छ। एमसिए नेपालले विद्युत प्रसारण लाइन निर्माणसँगै सडक मर्मत तथा स्तरोन्नतिको कार्यसमेत अघि बढाइरहेको जनाएको छ।
शिलान्यास कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बम, एमसिसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्को, नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले आयोजना सम्पन्न भएपछि नेपालको विद्युत प्रसारण क्षमता अभिवृद्धि हुने, आन्तरिक विद्युत आपूर्ति थप भरपर्दो बन्ने तथा दक्षिण एशियाली क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

तत्कालको समाचार

Navigating sports betting Canada without the clutter: clean, simple, and straightforward

Navigating sports betting in Canada can feel overwhelming, but focusing on straightforward options and clear interfaces helps simplify the process for both newcomers and seasoned players alike.

Test Post Created

Test Post Created

Как вывести деньги из Pin Up Casino: быстрые и безопасные способы

Вывод денег из онлайн-казино — важный аспект, который заботит многих игроков. Быстрые и безопасные способы получения выигрышей являются неотъемлемой...