Page 2

सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना

0

काठमाडौँ, ९ जेठ : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताउनु भएको छ । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रुपमा रहेको रेडियो सगरमाथा को ३० औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रभित्र वास्तविक आवश्यकता भएका संस्थाले राज्यको सहयोग नपाउने तर केही संस्थाले दुरुपयोग गरिरहेको अवस्थाबारे पर्याप्त आवाज नउठेको टिप्पणीसमेत गर्नुभयो ।

“पाउनुपर्ने मिडियाले सहयोग पाइरहेका छैनन्, तर नपाउनुपर्नेले दुरुपयोग गरिरहेका छन् भन्ने विषयमा सञ्चार क्षेत्रबाट बलियो आवाज उठ्न सकेन,” उहाँले भन्नुभयो । उहाँले श्रमजीवी पत्रकार, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्र तथा सरोकारवालाले समेत यस विषयमा पर्याप्त अध्ययन, अनुसन्धान तथा बहस नगरेको धारणा राख्नुभयो । सरकारी स्रोत जनताको करबाट संकलित हुने भएकाले त्यसको उपयोग पारदर्शी, उत्तरदायी र जनहितमुखी हुनुपर्नेमा मन्त्री तिमिल्सिनाले जोड दिनुभयो । त्यस्तै लोककल्याणकारी विज्ञापनमार्फत राज्यले सञ्चार क्षेत्रलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले हरेक वर्ष करिब ३० करोड रुपैयाँभन्दा बढी रकम यस शीर्षकमा खर्च हुने गरेको जानकारी दिनुभयो ।

उहाँले अहिलेको मिडिया परिदृश्य केही अलमलिएको, बाटो बिराइएको र असन्तुलित जस्तो देखिएको टिप्पणी गर्दै जनताको हितमा काम गर्ने सञ्चारमाध्यमले मात्रै राज्यको सहयोग पाउनुपर्ने बताउनुभयो । त्यसका लागि सञ्चार क्षेत्रबाट सुझाव, सहकार्य र सुधारका लागि रचनात्मक बहस आवश्यक रहेको उहाँको भनाइ थियो ।“अबका दिनमा सरकारले तथ्यमा आधारित भएर सुधारका काम थाल्न हस्तक्षेपकारी कदमहरू चाल्नेछ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “यसलाई प्रभावकारी बनाउने विषयमा सञ्चार क्षेत्रको सुझाव महत्त्वपूर्ण हुनेछ ।”सरकारले आगामी दिनमा सरकारी विज्ञापन, लोककल्याणकारी विज्ञापन तथा अन्य सहयोग प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र जनमुखी बनाउने तयारी गरिरहेको उहाँको भनाइ छ ।सञ्चारमन्त्री तिमिल्सिनाले सामुदायिक रेडियोहरूलाई समयानुकूल प्रविधिसँग जोडेर थप सशक्त बनाउन सरकार तयार रहेको बताउनुभयो ।“आज पनि सामुदायिक रेडियोहरूको महत्त्व घटेको मैले महसुस गरेको छैन । बरु प्रविधिसँग कसरी अनुकूल हुने र आफ्नो अस्तित्वलाई दीगो बनाउने भन्ने चुनौती अहिलेको मुख्य प्रश्न हो”उहाँले भन्नुभयो । गाउँगाउँसम्म सूचना प्रवाह गर्न सामुदायिक रेडियोहरूको भूमिका अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भविष्यमा सामुदायिक रेडियोलाई कसरी जोगाउने, सुदृढ बनाउने र दिगो रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले नेपाली सञ्चार क्षेत्रमा नैतिक, उत्तरदायी र निष्पक्ष पत्रकारिताको अभ्यासलाई निरन्तर अघि बढाउन र आगामी दिनमा पनि मिडिया क्षेत्रलाई सही दिशामा लैजान सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।“अहिलेको मिडिया ल्यान्डस्केप केही अलमलिएको, बाटो बिराइएको र असन्तुलित जस्तो देखिन्छ,” उहाँले भन्नुभयो, “यसलाई सङ्ग्ल्याउन अझ प्रभावकारी र सशक्त सञ्चार माध्यामका रुपमा भूमिका खेल्न सकुन । उहाँले सामुदायिक पत्रकारिताको सुदृढीकरणका लागि सरकार, सञ्चार संस्था तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निष्पक्षता, व्यावसायिकता र जनमुखी पत्रकारिताको अभ्यासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

महिला सशक्तिकरणको सन्देशसहित तादीमा दोस्रो उपाध्यक्षीय कप महिला भलिबल प्रतियोगिता हुने

0


नुवाकोट । सगरमाथा तथा गणतन्त्र दिवसको अवसर पारेर तादी गाउँपालिकामा महिला खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित दोस्रो उपाध्यक्षीय कप महिला अन्तर–विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल ग्रीनतारा फाउन्डेसनको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी २०८३ साल जेठ १५ र १६ गते (May 29 & 30, 2026) अमरज्योति माध्यमिक विद्यालय, नमुना विद्यालयको प्रांगणमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामार्फत महिला खेलाडीहरूको क्षमता अभिवृद्धि, खेलप्रति आकर्षण वृद्धि तथा समाजमा महिला सशक्तिकरणको सकारात्मक सन्देश फैलाउने लक्ष्य लिइएको फाउन्डेसनले जनाएको छ। कार्यक्रममा विभिन्न विद्यालयका छात्रा खेलाडीहरूको सहभागिता रहनेछ।
आयोजकले प्रतियोगितालाई खेलकुद मात्र नभई ऊर्जा, एकता, अनुशासन र प्रेरणाको उत्सवका रूपमा समेत लिइएको जनाएको छ।
प्रतियोगितालाई भव्य तथा सभ्य रूपमा सफल बनाउन सम्पूर्ण अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी, खेलप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा तादी गाउँपालिकावासीलाई गरिमामय उपस्थितिका लागि हार्दिक आग्रह गरिएको छ।
आयोजकका अनुसार महिला खेलाडीहरूको उत्साह बढाउँदै खेल संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। 🏐✨

पुरानो पहिचान हराउँदै अमर ज्योति मावि ? इतिहास जोगाउन पुरानै शैलिको भवन आवश्यक : अधिवक्ता रामेश्वर भण्डारी

0

पुरानो पहिचान हराउँदै अमर ज्योति मावि ? इतिहास जोगाउन पुरानै शैलिको भवन आवश्यक : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट ।
अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटको तादी गाउँपालिका–खरानीटारस्थित अमर ज्योति माध्यमिक विद्यालयको ऐतिहासिक पहिचान क्रमशः हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले विद्यालयको पुरानो शैलिको भवन हटाएर नयाँ संरचना निर्माण गरिनु विकासको पक्ष भए पनि विद्यालयको मौलिक इतिहास र पहिचान जोगाउन आवश्यक पहल हुनुपर्ने बताएका छन् ।
भण्डारीले अमर ज्योति माध्यमिक विद्यालय कुनै सामान्य विद्यालय मात्र नभई नुवाकोट जिल्लाको शैक्षिक इतिहाससँग जोडिएको महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै विगतमा जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा परिचित रहेको स्मरण गरे । उनका अनुसार विद्यालयको पुरानो भवन शैली, संरचना र वातावरणले विद्यालयको छुट्टै पहिचान निर्माण गरेको थियो ।
“पुरानो भवन केवल इँटा र सिमेन्टको संरचना मात्र थिएन, त्यो विद्यालयको इतिहास, पहिचान र भावनासँग जोडिएको सम्पत्ति थियो,” भण्डारीले भने, “नयाँ भवन निर्माण आवश्यक भए पनि पुरानो शैलिको स्वरूप संरक्षण गर्दै पुनः निर्माण गर्ने सोच आवश्यक छ ।”
उनले विद्यालयको ऐतिहासिक स्वरूप संरक्षण गर्न स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, पूर्व विद्यार्थी तथा समुदाय एकजुट हुनुपर्ने बताए । पुरानो शैली झल्किने संरचना पुनः निर्माण गर्न सके विद्यालयको मौलिकता जोगिनुका साथै नयाँ पुस्ताले पनि इतिहास बुझ्ने अवसर पाउने उनको धारणा छ ।
भण्डारीले एक समय जिल्लाकै उत्कृष्ट र नमुना विद्यालयका रूपमा चिनिएको अमर ज्योति मावि पछिल्लो समय किन पछि पर्दै गएको हो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए । उनले शैक्षिक गुणस्तर, व्यवस्थापन, भौतिक पूर्वाधार र समग्र शैक्षिक वातावरणबारे सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार इतिहास बोकेका शैक्षिक संस्थाको संरक्षण गर्नु केवल भवन जोगाउनु मात्र नभई समाजको पहिचान, स्मृति र शैक्षिक गौरव जोगाउनु पनि हो ।

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा विजयी उत्तम केसीलाई अधिवक्ता भण्डारीको बधाई

0

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा विजयी उत्तम केसीलाई अधिवक्ता भण्डारीको बधाई
काठमाडौ । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा अत्याधिक मतका साथ विजयी हुनु भएका वरिष्ठ कलाकार उत्तम केसीलाई अधिवक्ता रामेश्वर भण्डारीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
तादी मिडिया प्रा.लि. नुवाकोटका अध्यक्ष समेत रहेका अधिवक्ता भण्डारीले जारी शुभकामना सन्देशमा उत्तम केसीको नेतृत्वमा नेपाली चलचित्र क्षेत्र अझ सशक्त, व्यवस्थित र कलाकारहरूको हक–हित संरक्षणमा प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् ।
उनले नेपाली चलचित्र क्षेत्रको विकास, कलाकारहरूको सम्मान, पेशागत सुरक्षा तथा सिर्जनशील वातावरण निर्माणमा नयाँ नेतृत्व सफल हुने अपेक्षा समेत गरेका छन् ।
अधिवक्ता भण्डारीले कला, संस्कृति र चलचित्र क्षेत्र राष्ट्रको पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् ।

के एकध्रुवीय विश्वको अन्त्य :रामप्रसाद ढुंगाना

0

सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व राजनीतिमा संयुक्त राज्य अमेरिका एउटा महाशक्तिका रूपमा उदायो । विगत ८२ वर्षदेखि विश्वका हरेक साना-ठूला राजनीतिक, आर्थिक र सैन्य गतिविधिमा अमेरिकाकै प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप रहँदै आएको छ । युरोप, खाडी मुलुक र एसियाली क्षेत्रमा अमेरिकाको नीति नै अन्तिम निर्णय जस्तै बन्ने गरेको इतिहास पनि छ ।
समय सधैं एकनास रहँदैन। ऐतिहासिक रूपमा गत फागुन १६ गते (२०८२ साल) अमेरिकाले इरानमाथि गरेको सैन्य आक्रमण र हस्तक्षेपले विश्व राजनीतिमा एउटा ठूलो मोड ल्याइदिएको छ। यो घटनाले अमेरिकी प्रभुत्वको क्षय र नयाँ विश्व व्यवस्थाको सुरुवातलाई स्पष्ट रूपमा संकेत गरेको छ।

विगतमा एसिया र दक्षिण एसियाका भारत, नेपाल, बंगलादेश, श्रीलंका, तथा पूर्वी एसियाका जापान र दक्षिण कोरियाजस्ता देशहरूमा अमेरिकाको ‘बोली बिक्ने’ गर्दथ्यो । यी क्षेत्रका कतिपय शासक, नेता र प्रशासनिक संयन्त्रहरू अमेरिकी आर्थिक वा सैन्य शक्तिको दबाबका कारण त्रसित हुने र उसको आदेश वा रणनीतिक स्वार्थलाई शिरोधार्य गर्न बाध्य हुने स्थिति थियो। साना र विकासोन्मुख देशहरूको परराष्ट्र नीतिमा समेत अमेरिकी छाया प्रष्ट देखिन्थ्यो।
तर, हालैका दिनमा अमेरिका र उसको निकट सहयोगी इजरायलले प्रदर्शन गरेको उन्मत्त र आक्रामक गतिविधिले विश्व समुदायलाई सोच्न बाध्य बनाएको छ। इरानमाथिको पछिल्लो हस्तक्षेपले अमेरिकी शक्तिको सीमा र उसको ‘अन्यायपूर्ण’ अनुहारलाई संसारसामु छर्लङ्ग पारिदिएको छ। परिणामस्वरूप, हिजोसम्म अमेरिकाको आदेश पालना गर्ने देशहरू पनि अब आफ्नो राष्ट्रिय अस्तित्व र सार्वभौमिकता रक्षाका लागि अमेरिकी छाताबाट बाहिर निस्कन थालेका छन्। युरोप, खाडी र एसियाली मुलुकहरूबाट अमेरिकी सैन्य तथा राजनीतिक प्रभाव क्रमशः पछि हट्दै जानु यसैको उपज हो।

“कुनै पनि शक्तिको क्षय हुन्छ र हुनुपर्दछ” भन्ने प्राकृतिक र राजनीतिक मान्यता फेरि एकपटक प्रमाणित भएको छ। अमेरिका र इजरायलको गठबन्धनले सिर्जना गरेको विश्वव्यापी अशान्ति र युद्धको वातावरणका कारण संसारका अन्य मुलुकहरू आफ्नो अस्तित्व रक्षाका लागि एक ठाउँमा उभिन अनिवार्य भएको छ।
साम्राज्यवादी नीति र सैन्य दबाबको प्रतिकार गर्न अहिले खाडी मुलुक, एसिया र युरोपका कतिपय देशहरूबीच नयाँ रणनीतिक समीकरणहरू बन्न थालेका छन्। यो एकता अमेरिकी शक्तिको प्रतिवाद गर्न मात्र नभएर, विश्वमा न्यायपूर्ण र सन्तुलित व्यवस्था कायम गर्नका लागि पनि सुरु भएको हो। अब विश्व राजनीति कुनै एउटा केन्द्र वा महाशक्तिको इसारामा चल्ने अवस्थामा छैन; यो बहुध्रुवीयतातर्फ तीव्र गतिमा अघि बढिरहेको ।

इतिहास साक्षी छ, रोमन साम्राज्यदेखि बेलायती साम्राज्यसम्म, कुनै पनि शक्ति सधैंभरि अमर रहेनन्। अमेरिकाको वर्तमान नीति र व्यवहारले उसलाई क्षयको दिशातर्फ धकेलिरहेको छ।
यस परिप्रेक्ष्यमा, भोलि विश्वमञ्चमा उदय हुने कुनै पनि नयाँ प्रथम शक्ति वा महाशक्तिले यदि अमेरिकी शैलीकै एकाधिकारवादी र अहङ्कारी नीति अपनाएमा, उसको हतियार पनि समयक्रममा यसैगरी क्षय भएर जानेछ । शक्ति प्रदर्शन र दबाबभन्दा सहअस्तित्व र न्यायपूर्ण सम्बन्ध नै दीर्घकालीन हुनसक्छ भन्ने पाठ वर्तमान विश्व राजनीतिको यो नयाँ मोडले स्पष्ट रूपमा सिकाएको छ । इरानमाथिको हस्तक्षेप अमेरिकी प्रभुत्व अन्त्यको एउटा प्रस्थानविन्दु बनेको छ, जसले विश्वलाई नयाँ दिशा दिइरहेको छ ।
(लेखक बागमती प्रदेशसभा सदस्य हुन् )

अवलोकन र भ्रमणबाट पालिकाले नागरिकलाई के उपलब्धि दियो ? : अधिवक्ता रामेश्वर भण्डारी

0

अवलोकन र भ्रमणबाट पालिकाले नागरिकलाई के उपलब्धि दियो ? : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटका स्थानीय तहहरूले पटक–पटक गर्ने अवलोकन भ्रमण, अध्ययन यात्रा र गोष्ठीबाट नागरिकले वास्तविक रूपमा के उपलब्धि पाए भन्ने विषयमा गम्भीर प्रश्न उठाएका छन्।
उनले स्थानीय सरकारहरूले विकास, सुशासन र सेवा प्रवाह सुधारको नाममा विभिन्न जिल्ला तथा विदेशसम्म अवलोकन भ्रमण गर्ने गरे पनि त्यसको प्रत्यक्ष प्रभाव नागरिकको जीवनमा देखिन नसकेको बताएका छन्।
भण्डारीले भने, “जनताको करबाट खर्च गरेर गरिने भ्रमण र अध्ययनले स्थानीय स्तरमा नयाँ योजना, रोजगार, कृषि, शिक्षा, स्वास्थ्य वा पूर्वाधार विकासमा कति योगदान पुग्यो भन्ने मूल्यांकन हुनुपर्छ । केवल भ्रमण गर्ने, फोटो खिच्ने र प्रतिवेदन बनाउने काम मात्रै हुनु हुँदैन ।”
उनले स्थानीय तहले भ्रमणपछि प्राप्त अनुभवलाई व्यवहारमा लागू गर्न नसके जनतामा निराशा बढ्ने बताए। उनले भ्रमणको नाममा हुने अनावश्यक खर्च नियन्त्रण गर्दै जनताका आधारभूत आवश्यकता पूरा गर्न बजेट केन्द्रित गर्नुपर्ने धारणा राखे।
भण्डारीले स्थानीय सरकारहरूलाई पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैली अपनाउन आग्रह गर्दै भ्रमणबाट प्राप्त उपलब्धिको सार्वजनिक समीक्षा गर्न पनि माग गरेका छन्।

संसारका चार ठाउँ कहिल्यै भरिँदैनन्: गुरु केदार बराल

0

चाणक्यले जीवनको गहिरो यथार्थ बुझाउन एउटा अत्यन्त अर्थपूर्ण विचार दिएका छन्—संसारमा केही कुरा यस्ता हुन्छन्, जसलाई जति प्राप्त गरे पनि “अब पुग्यो” भन्ने अवस्था कहिल्यै आउँदैन।

समुद्रलाई हेर्दा जति नदी मिसिए पनि त्यो कहिल्यै भरिएको देखिँदैन, अझै गहिरो र अझै विशाल लागिरहन्छ। त्यसले प्रकृतिको असीमितता र विस्तारको संकेत गर्छ।

मसानघाट पनि त्यस्तै हो, जहाँ जीवन र मृत्युको यात्रा निरन्तर चलिरहन्छ। एउटा समाप्त हुन्छ, अर्को सुरु हुन्छ, यो क्रम कहिल्यै रोकिँदैन।

मानिसको लोभ पनि यस्तै छ, जति पाए पनि मनमा अझै केही न केही कमी महसुस भइरहन्छ। चाहना कहिल्यै अन्त्य हुँदैन, बरु झन् बढ्दै जान्छ।

र अन्ततः मान्छेको मन, जुन सबैभन्दा जटिल कुरा हो। एक इच्छा पूरा हुँदा अर्को जन्मिन्छ, एक सोच सकिँदा अर्को सुरु हुन्छ। त्यसैले मनलाई नियन्त्रण नगरेसम्म शान्ति सम्भव हुँदैन।

यो शिक्षाको सार यही हो—बाहिरी संसारलाई होइन, आफ्नै मनलाई बुझ्न र नियन्त्रण गर्न सके मात्र वास्तविक सन्तोष र शान्ति प्राप्त हुन्छ।

नुवाकोटमा आपराधिक घटना बढ्दै गएकोमा चिन्ता बढेको छ : अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोटमा आपराधिक घटना बढ्दै गएकोमा चिन्ता बढेको छ : अधिवक्ता रामेश्वर भण्डार
नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले पछिल्लो समय नुवाकोट जिल्लामा हत्या, हिंसा, कुटपिट, लागुऔषध दुव्र्यसन, चोरी तथा विभिन्न आपराधिक गतिविधि बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले समाजमा शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न राज्यका निकायहरू थप जिम्मेवार र सक्रिय बन्नुपर्ने बताएका छन् । भण्डारीले युवापुस्तामा बढ्दो बेरोजगारी, सामाजिक विकृति, लागुऔषधको दुव्र्यसन तथा नैतिक शिक्षाको अभावले अपराधका घटना बढ्न सहयोग पुगेको उल्लेख गरे ।
उनका अनुसार अपराध नियन्त्रणका लागि केवल प्रहरी प्रशासन मात्र होइन, अभिभावक, शिक्षक, सामाजिक संघसंस्था, राजनीतिक नेतृत्व तथा सम्पूर्ण नागरिक समाजको साझा भूमिका आवश्यक हुन्छ ।
अधिवक्ता भण्डारीले विद्यालय तथा समुदायस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, युवालाई सकारात्मक गतिविधिमा जोड्न र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
उनले अपराधमा संलग्न जो–कोहीलाई कानुनअनुसार निष्पक्ष कारबाही गर्नुपर्ने धारणा राख्दै समाजमा शान्ति, अनुशासन र आपसी सद्भाव कायम गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

नुवाकोटको  विकासमा सामाजिक विभेद, रुढीवादी सोच र असक्षम राजनीति मुख्य बाधक : अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोटको  विकासमा सामाजिक विभेद, रुढीवादी सोच र असक्षम राजनीति मुख्य बाधक : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटको समग्र विकासमा सामाजिक विभेद, रुढीवादी कुसंस्कार, असक्षम राजनीतिक नेतृत्व तथा जनचेतनाको कमी मुख्य बाधकका रूपमा रहेको बताएका छन्।
उनले जिल्लामा सडक, भवन र अन्य भौतिक पूर्वाधार निर्माण भए पनि सामाजिक सोच र आर्थिक अवसरको विकास हुन नसक्दा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गरे। “विकास केवल संरचना निर्माणले मात्र सम्भव हुँदैन, समाजको सोच, शिक्षा, उत्पादन र चेतनाको स्तर पनि परिवर्तन हुन आवश्यक छ,” भण्डारीले बताए।
उनका अनुसार जातीय विभेद, छुवाछुत, अन्धविश्वास, महिला र दलितमाथिको असमान व्यवहार जस्ता समस्याले अझै पनि समाजलाई पछाडि धकेलिरहेको छ। युवाशक्ति विदेश पलायन भइरहेका बेला जिल्लामा उद्योग, प्राविधिक शिक्षा र रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना बन्न नसकेको उनको भनाइ छ।
भण्डारीले राजनीतिक नेतृत्वले जनताको वास्तविक आवश्यकता भन्दा सत्ता र स्वार्थ केन्द्रित राजनीति गर्दा विकासको गति कमजोर भएको आरोप लगाए। उनले नुवाकोटमा कृषि, पर्यटन, जलस्रोत र धार्मिक सम्पदाको प्रशस्त सम्भावना हुँदाहुँदै त्यसको सही उपयोग हुन नसकेको बताए।
उनले सामाजिक चेतना अभिवृद्धि, गुणस्तरीय शिक्षा, उत्पादनमुखी नीति र जिम्मेवार राजनीतिक संस्कारको विकासमार्फत मात्रै नुवाकोटलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गरे।

नुवाकोट बार एसोसिएसनको अध्यक्षमा उत्तम घिमिरे सर्वसम्मत चयन

0

नुवाकोट बार एसोसिएसनको अध्यक्षमा उत्तम घिमिरे सर्वसम्मत चयन
नुवाकोट । नुवाकोट बार एसोसिएसनको १९औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। शुक्रबार विदुरमा सम्पन्न साधारण सभाले अधिवक्ता उत्तम घिमिरेको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, सचिवमा गरिमा पाण्डे, सह–सचिवमा वासुदेव रिजाल तथा कोषाध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन्।
यसैगरी सदस्यहरूमा सुदनराज कडुवाल, सुकबहादुर तामाङ, सुनिल रिमाल, कुशल दुवाडी, पार्वती लोहनी र सुमन चालिसे चयन भएका छन्।
साधारण सभाबाट केन्द्रीय पार्षदमा कुमार अधिकारी, कृष्णलाल श्रेष्ठ, ओमकुमारी भट्ट तथा किरणप्रकाश कुइकेल चयन भएका छन्।
नवनिर्वाचित नेतृत्वलाई कानुन व्यवसायी तथा शुभेच्छुकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

तत्कालको समाचार

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न तादी, नुवाकोट । तादी गाउँपालिका उपाध्यक्ष तथा बाल विवाह अन्त्य अभियानकी संयोजक पालिका उपाध्यक्ष...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ! Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT 5...

छहरे–टोखा सुरुङमार्ग फेरि पनि अध्ययनमै : अध्ययनले नै खायो २० वर्ष...

नुवाकोट,  /अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट–काठमाडौं जोड्ने बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्ग निर्माण योजना दुई दशक बितिसक्दा पनि अध्ययनकै चरणमा सीमित रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको...