
नुवाकोट — आगामी संघीय निर्वाचनलाई लक्ष्य गर्दै नेपाली कम्युनिस्ट पार्टी नुवाकोटले कार्यदल बैठक सम्पन्न गरेको छ। बैठकले नुवाकोटका दुवै संघीय निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका सम्भावित उम्मेदवारहरूको नाम प्रस्ताव गरेको छ।
संघीय निर्वाचन क्षेत्र नं. १
प्रत्यक्षतर्फ
१) क. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२) क. हितबहादुर तामाङ
समानुपातिकतर्फ
ख) क. पुष्प लामिछाने
ग) क. गमला श्रेष्ठ
घ) क. शिवबहादुर खाती
संघीय निर्वाचन क्षेत्र नं. २
प्रत्यक्षतर्फ
१) क. राजेन्द्र लोहनी
२) क. हिरानाथ खतिवडा
३) क. शुभद्रा नेपाल (महिला)
४) क. राजकुमार रेग्मी
५) क. प्रकाश रैला (जेन्जी)
समानुपातिकतर्फ
क) क. गोबिन्द नेपाली
ख) क. मिना वाइबा
ग) क. सुबास तामाङ
बैठकमा संगठन सुदृढीकरण, निर्वाचन तयारी र स्थानीय जनसमस्यालाई प्राथमिकतामा राख्दै कार्ययोजना तर्जुमा गरिएको छ। प्रस्तावित नामहरूलाई अन्तिम टुंगोमा पुर्याउन पार्टी केन्द्रमा पठाइने कुराको जानाकारी राजेन्द्र न्यौपानेले तादी मिडियालाई जानाकारी दिएका छन ।
नेपाली कम्युनिस्ट पार्टी नुवाकोटको कार्यदल बैठक सम्पन्न, उम्मेदवारको प्रस्तावित सूची सार्वजनिक
चलचित्र अन्धपथ छायांकनमा जाँदै , मिस पवि मुख्य भुमिकामा
चलचित्र अन्धपथको छायांकन हुने भएको छ । रामकाजी घिमिरेको लेखन तथा निर्देशन रहने यस चलचित्रमा रामजी लम्साल र पानसरा कुमारी थापाको लगानी रहेनछ । निर्देशक रामकाजी घिमिरेका अनुसार चलचित्रले नेपालीहरुको अमेरिका जाने जाने चाहना ,ढिलो चाडो धेरै रकम कमाउने इच्छा अनि उतै स्थायी बसोबास गर्ने मनस्थितिलाई उठान गर्न खोजेको छ ।
यस चलचित्रमा संगीत अर्जुन प्रसाद पोखरेलको रहनेछ भने छायांकनमा रामशरण उप्रेतीको हुनेछ । चलचित्र अन्धपथमा अतिथि भूमिकामा महानायक राजेश हमालले पनि अभिनय गर्दैछन् । चलचित्रमा कलाकारहरू सन्जीत भण्डारी , मिस पवि, समिता गिरी , सुनिल थापा, शुभाष गजुरेल, उत्तम केसी . , रवि डंगोल, तारा शर्मा , निरोज खुलाल (अटल ) , अञ्जु हमाल , पानसरा थापा ,जयराम सापकोटा, सरु बराल , अशोक बहादुर शाही ,दिपेश बहादुर शाही कुशलराज न्यौपाने, रामबहादुर लम्साल , भेगबहादुर पहरी ,खगेन्द्र थापा आदीको अभिनय रहनेछ ।
चलचित्रको छायांकन कर्णाली भेगको दैलेख अछाम, रुकुम पुर्व, काठमाण्डौ ,भारतको गोवा, अमेरिकाको क्यालीफोनिया आदि ठाउँमा हुने निर्देशक घिमिरेले जानकारी दिए ।
चलचित्रको छायांकन यहि हप्ताबाट सुरुवात हुनेछ । दोस्रो फेजको छायांकन काठमाण्डौ आसपासमा हुनेछ भने माघ पछि चलचित्र दैलेख र रुकुम पुर्वमा छायांकन हुनेछ । फागुन, भारत गोवा र अमेरिका अन्धपथको छायांकन हुने निर्माण पक्षले जानकारी दियो ।मुख्य भुमिकामा मिस पवि
निर्माण पक्षले दिएको जानकारी अनुसार कलाकार मिस पवि यस चलचित्रमा मुख्य भुमिकामा देखा पर्दैछिन । हालै उनी चलचित्रमा अनुबन्धित भएकी हुन । केही समय अगाडि एक चलचित्रमा मिस पविले एक संवाद बोल्दा धेरै टेक लिएको समाचार आएको थियो । तर अभिनय क्षेत्रमा गुरु भनेर चिनिएका निर्देशक रामकाजी घिमिरेले यस चलचित्रमा मिस पविलाइ मुख्य भुमिकामा लिएपछि चलचित्र वृत्तमा बेग्लै तंरङ्ग आएको छ । मिस पविले यस चलचित्रमा आफूलाई बेग्लै भूमिका उभ्याउदैछिन ।
नुवाकोट–१बाट हितबहादुर तामाङ प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस
नुवाकोट, । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोट संघीय निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीले पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ।
सो निर्णय पार्टीभित्र आवश्यक छलफल र प्रक्रियागत तयारीपछि गरिएको पार्टी स्रोतले जनाएको छ। विकास, समृद्धि र जनजीविकामा संघीय संसदमार्फत सक्रिय भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा तामाङलाई पुनः उम्मेदवार सिफारिस गरिएको बताइन्छ।
तामाङ विगतदेखि नै नुवाकोट जिल्लाको सहरी तथा ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा अग्रसर नेता मानिँदै आएका छन्।
पार्टीले अब सिफारिस सूचीलाई केन्द्रमा पठाई औपचारिक रूपमा उम्मेदवार टुंगो गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी रसुवाले उम्मेदवार सिफारिसमा कलकार नवीन घिमिरे पनि परेका छन ।

बुधबार कालिका गाउँपालिका–२ कालिकास्थानमा सम्पन्न पार्टीसम्बद्ध दलहरूको प्रदेश कमिटीका नेताहरूको बैठक तथा भेलाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो नेता नवीन घिमिरेले जानकारी दिए ।सिफारिसमा पर्नेमा प्रत्यक्षतर्फ कल्पना शर्मा, माधव लामिछाने, मेघनाथ घिमिरे, शिव लामिछाने, अर्जुन पौडेल, अर्जुन अगस्ती, कृष्ण न्यौपाने, नविन घिमिरे र बेन्जामिन तामाङ लगायतको नाम सिफारिस गरिएको हो ।यसैगरी समानुपातिकतर्फ साङ्तेम्पा तामाङ, हरि तामाङ, गणेश बिक, शिला मगर, पासाङ थोक्रा र अर्चना लामाको नाम सिफारिस गरिएको छ। राष्ट्रिय सभातर्फ भगवती न्यौपाने र मनबिर कामीको नाम सिफारिस गरिएको घिमिरेले बताए ।
यही पौष १२ गते दुप्चेश्वरमा स्व. गणेश पण्डितको पूर्णकद प्रतिमा अनावरण हुँदै

नुवाकोट । बामपन्थी नेता, पूर्व सांसद तथा शिक्षाप्रेमी स्वर्गीय गणेश पण्डितको पूर्णकद प्रतिमा अनावरण कार्यक्रम यही पौष १२ गते दुप्चेश्वर गाउँपालिका–स्थित गोगनचौरमा हुने भएको छ।
दुप्चेश्वर गाउँपालिकाको संयोजनमा आयोजना हुन लागेको उक्त कार्यक्रम पूर्व पर्यटन मन्त्री माननीय हितबहादुर तामाङज्यूको प्रमुख आतिथ्यतामा बिहान १०:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रम गणेश पण्डित स्मृति केन्द्र परिसरमा आयोजना गरिनेछ।
कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, नागरिक समाज, संघ–संस्थाका प्रतिनिधि, बौद्धिक वर्ग, शिक्षक, विद्यार्थी, महिला तथा आम नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
राजनीति र शिक्षाको क्षेत्रमा स्व. पण्डितले पुर्याउनुभएको योगदानको सम्मान स्वरूप प्रतिमा स्थापना गर्न लागिएको आयोजक पक्षको भनाइ छ। कार्यक्रममा उपस्थित भई स्व. पण्डितप्रति श्रद्धाञ्जली अर्पण गर्न सबैमा आयोजकले आग्रह गरेको छ।
दुप्चेश्वरमा धामी–झाकृका लागि दुईदिने स्वास्थ्य तालिम सम्पन्न

दुप्चेश्वर गाउँपालिकाको समन्वयमा रुडेक नेपालद्वारा आयोजना गरिएको धामी–झाकृ लक्षित स्वास्थ्यसम्बन्धी दुईदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिम गुडनेइवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।
२०८२ साल मंसिर ५ र ६ गते सञ्चालन भएको तालिममा गाउँपालिकाभित्र कार्यरत धामी–झाकृहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको उद्देश्य परम्परागत उपचार पद्धतिमा संलग्न धामी–झाकृहरूलाई आधारभूत स्वास्थ्य ज्ञान, सुरक्षित अभ्यास तथा आवश्यक अवस्थामा स्वास्थ्य संस्थामा रिफर गर्ने विषयमा सचेत गराउनु रहेको थियो।
तालिम समापन कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले परम्परागत विश्वास र आधुनिक स्वास्थ्य सेवाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले समुदायको स्वास्थ्य सुधारमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम आयोजक संस्थाहरूले भविष्यमा पनि समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
तादी गाउँपालिका समृद्धि बनाउने दायित्व नेपाली कम्युनिस्ट पार्टीमा आएको छ : अध्यक्ष रोशन श्रेष्ठ

नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका तादी गाउँपालिका अध्यक्ष रोशन श्रेष्ठले तादी गाउँपालिकाको समग्र विकास र समृद्धि निर्माणको ऐतिहासिक दायित्व नेपाली कम्युनिस्ट पार्टीमा आएको बताएका छन्।
तादी गाउँपालिकामा आयोजित पार्टीको बैठक तथा जनसम्पर्क कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले जनताको विश्वास, समर्थन र अपेक्षाले पार्टीलाई थप जिम्मेवार बनाएको उल्लेख गरे। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै जनताको जीवनस्तर उकास्ने दिशामा पार्टी केन्द्रित हुने स्पष्ट पार्नुभयो।
“अब तादी गाउँपालिकामा विकासको नयाँ युग सुरु गर्नुपर्ने समय आएको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जनताको समस्या समाधान, पारदर्शी शासन र सामाजिक न्याय सुनिश्चित गर्नु हाम्रो मुख्य लक्ष्य हो।”
उहाँले पार्टीभित्र एकता, अनुशासन र जनउत्तरदायी नेतृत्व आवश्यक रहेको भन्दै सबै कार्यकर्ता र जनसमुदायलाई समृद्ध तादी निर्माणको अभियानमा जुट्न आह्वान गर्नुभयो।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
राष्ट्रिय सहमति भए ई–भोटिङ लागू गर्न सकिने : सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल
काठमाडौं । सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय सहमति कायम भए नेपालमा ई–भोटिङ (विद्युतीय मतदान प्रणाली) लागू गर्न सकिने बताएका छन्। प्रविधिको विकाससँगै निर्वाचन प्रणालीलाई आधुनिक, पारदर्शी र सहज बनाउने विषयमा सरकार सकारात्मक रहेको उनले स्पष्ट पारे।
मन्त्री खरेलका अनुसार ई–भोटिङ लागू गर्न कानुनी, प्राविधिक तथा सुरक्षा पक्षमा व्यापक तयारी आवश्यक हुन्छ। “सबै राजनीतिक दल, सरोकारवाला निकाय र जनस्तरबाट राष्ट्रिय सहमति बनेमा सरकारले ई–भोटिङतर्फ अघि बढ्न सक्छ,” उनले भने।
उनले ई–भोटिङले मतदाताको सहभागिता बढाउने, खर्च घटाउने र मतगणनालाई छिटो तथा विश्वसनीय बनाउने सम्भावना रहेको उल्लेख गरे। तर साइबर सुरक्षा, प्रणालीको विश्वसनीयता र ग्रामीण भेगमा पहुँचजस्ता चुनौतीहरूलाई समाधान नगरी लागू गर्न नहुने उनको भनाइ थियो।
सरकारले आगामी दिनमा सरोकारवालासँग छलफल गर्दै सम्भाव्यता अध्ययन र आवश्यक कानुनी सुधारका प्रक्रिया अघि बढाउने मन्त्री खरेलले जानकारी 
१५ दिने उद्घोषण तालिमको समापन समारोह सम्पन्न
नेपाल एकायन कराते संघको आयोजनामा सञ्चालित १५ दिने उद्घोषण तालिम कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोह, खेलकुद सामग्री वितरण कार्यक्रम तथा निःशुल्क दन्त शिविरको उद्घाटन समारोह काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष श्री रोजीना श्रेष्ठज्यू (प्रमुख अतिथि) बाट, विशेष अतिथि वडा सचिव श्री प्रकाश खड्का तथा विभिन्न
अतिथिहरुको समुपस्थितिमा आज बहुउद्देश्यीय मार्शलआर्ट केन्द्र, खुशिबुँ, नयाँ बजारमा सम्पन्न भएको छ ।
नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा आयोजित उक्त अवसरमा तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि श्री श्रेष्ठबाट प्रमाणपत्र वितरण गर्नुभएको थियो । साथै तालिम कार्यक्रमका मुख्य प्रशिक्षक शशी कपालीलाई पनि प्रमाण पत्र तथा मायाको चिनोबाट सम्मानित गर्नु भएको थियो । यसैगरी उक्त अवसरमा का.म.पा. वडा नं. १६ बाट नेपाल एकायन कराते संघ, नयाँबजार
शाखालाई वितरित विभिन्न खेलकुद समग्रीहरु पनि प्रमुख अतिथिले हस्तान्तरण गर्नु भएको थियो ।
नेपाल एकायन कराते संघको समाजिक दायित्व अन्तर्गत पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलको सहकार्यमा सञ्चालित एकदिने निःशुल्क दन्त शिविरमा वडा नं १६ का वडा अध्यक्षज्यूबाट आफ्नो दन्त परिक्षण गराई शुभारम्भ गर्नु भएको थियो । उक्त शिविरबाट यस क्षेत्रका स्थानिय बासिन्दा तथा एकायन कराते खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रका व्यक्तिहरुले लाभ लिनुभएको थियो ।
प्रलोपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष मण्डलका अध्यक्षमा राजन गौतम (नकुल) चयन

नुवाकोट जिल्लाका परिवर्तनकारी योद्धा तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश समिति अध्यक्ष मण्डलका अध्यक्ष राजन गौतम (नकुल) चयन हुनुभएकोमा विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
उहाँलाई शुभकामना दिँदै वक्ताहरूले राजन गौतम (नकुल) को राजनीतिक यात्रा सधैं जनताको हित, लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायको पक्षमा केन्द्रित रहँदै आएको उल्लेख गरेका छन्। नवदायित्वसँगै उहाँको कार्यकाल सफल रहोस् र पार्टी तथा समग्र लोकतान्त्रिक आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
साथै, उहाँको नेतृत्वमा बागमती प्रदेशमा पार्टी संगठन सुदृढ भई जनमुखी राजनीति अगाडि बढ्ने अपेक्षा समेत गरिएको छ।














