Page 3

राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न

0

काठमाडौँ । राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित रंगशालामा २०८२ मंसिर २६ देखि २८ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।तालिममा तेक्वान्दो प्रशिक्षकहरूको क्षमता अभिवृद्धि, आधुनिक प्रशिक्षण विधि, खेल विज्ञान तथा खेलाडीको स्वास्थ्य सुरक्षासम्बन्धी विषयमा गहन छलफल तथा अभ्यास गरिएको थियो। तालिममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष महेश्वर फुयाँल, महासचिव राकेश कुमार राई, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. राम कृष्ण महर्जन र डा. सुशील नर्सिङ राना,अधिवक्ता ईश्वर सापकोटा उपमहासचिव राष्ट्रिय तेक्वान्दो संघ नेपाल तथा नेपाल क्यान्सर अस्पतालका डा. राजेन्द्र खत्रीले प्रशिक्षण दिनुभएको थियो।राष्ट्रिय तेक्वान्दो संघ बागमती प्रदेशका सचिव गणेश तामाङले तादी मिडियासँग कुरा गर्दै भन्नुभयो,राष्ट्रिय स्तरका प्रशिक्षकहरूलाई एकै ठाउँमा ल्याएर ज्ञान, सीप र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। यसले तेक्वान्दो खेलको गुणस्तर र प्रशिक्षकहरूको व्यावसायिक क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं ।तालिममा देशका विभिन्न जिल्लाबाट सहभागी प्रशिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

नुवाकोटको खेलकुद विकासका लागि साझा पहल आवश्यक छ : अधिवक्ता रामेश्वर भण्डारी

0
oplus_0

 

नुवाकोट — नुवाकोट जिल्लाको खेलकुद विकासका विषयमा अधिवक्ता रामेश्वर भण्डारी र राष्ट्रिय तेक्वान्दो संघ तथा सुर्यगढी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक ईश्वर बहादुर तामाङ लामा (सुर्य)बीच छलफल सम्पन्न भएको छ।

छलफलका क्रममा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारालाई केन्द्रमा राख्दै जिल्लामा खेलकुदको अवस्था, सम्भावना र चुनौतीबारे गहन विचार–विमर्श गरिएको थियो।

सुर्यगढी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक ईश्वर बहादुर तामाङले नुवाकोटमा तेक्वान्दो खेलको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भने, “सही प्रशिक्षण, निरन्तर अभ्यास र स्थानीय तहको सहयोग हुन सके नुवाकोटबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ।”

उनले खेलकुद केवल प्रतियोगितामा सीमित नरही युवालाई अनुशासन, आत्मविश्वास र स्वस्थ जीवन शैलीतर्फ उन्मुख गराउने प्रभावकारी माध्यम भएको बताए।

अधिवक्ता रामेश्वर भण्डारीले खेलकुद विकासलाई नीति, योजना र लगानीसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै युवालाई कुलत र निराशाबाट जोगाउन खेलकुद अपरिहार्य रहेको धारणा राखे।

छलफलमा नुवाकोटका तेक्वान्दोका पुराना खेलाडी राजु राईको समेत उपस्थिति रहेको थियो। उनले आफ्नो अनुभव साझा गर्दै खेलाडीको संरक्षण र दीर्घकालीन प्रोत्साहनको खाँचो रहेको बताए।

नुवाकोटमा नेपाली कम्युनिस्ट पार्टीको पहिलो एकता बैठक सम्पन्न

0

नेपाली कम्युनिस्ट पार्टी नुवाकोटको पहिलो एकता बैठक जिल्लामा आज भव्य रूपमा सम्पन्न भएको छ। बैठक जिल्ला संयोजक कामरेड पुष्प लामिछाने (अरुण) र गोविन्द नेपालीको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व पर्यटनमन्त्री माननीय हितबहादुर तामाङ र केन्द्रीय सदस्य पूर्व माननीय विमला सुवेदी विशेष अतिथि हुनुहुन्थ्यो। त्यस्तै, पूर्व सांसद राजेन्द्रप्रसाद लोहनी, केन्द्रीय सदस्य बसन्त बस्नेत, प्रदेश सांसद राधिका तामाङ, प्रदेश सांसद रामप्रसाद ढुंगाना, पूर्व माननीय हिरानाथ खतिवडा, केन्द्रीय सदस्य आर.पी. नेपाल र केन्द्रीय आयोग सदस्य माधव पाण्डेको पनि उपस्थिति रहेको थियो।P

बैठकको सञ्चालन जिल्ला सचिव मिना वाइवाले गर्नुभएको थियो।
एकता प्रक्रियालाई संस्थागत गर्दै संगठन सुदृढीकरण, नेतृत्व समन्वय र आगामी राजनीतिक कार्ययोजनाबारे बैठकले विस्तृत छलफल गरेको जनाइएको छ।

देबिघाटको ऐतिहासिक स्थल उपेक्षामा, राष्ट्रनिर्माताको समाधी संरक्षणका लागि आवाज बुलन्द

0

नुवाकोट — आधुनिक नेपालको निर्माता राजा पृथ्वीनारायण शाहको देबिघाटस्थित समाधीस्थल र आसपासका महत्वपूर्ण ऐतिहासिक संरचनाहरु बेवास्ता र उपेक्षामा परिरहेका छन्। त्रिशुली–तादी नदीको संगमस्थल देबिघाट, साततले दरबार र शेरा दरबार जस्ता नेपाली इतिहासका महत्वपूर्ण सम्पदाको संरक्षणमा राज्यले पर्याप्त ध्यान नदिएको भन्दै स्थानीय तथा इतिहासप्रेमीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

भारतको राजघाटमा महात्मा गान्धीको अन्त्येष्टि र स्मारकलाई विश्वस्तरमा संरक्षण गरिएको उदाहरण प्रस्तुत गर्दै उनीहरूले “आधुनिक नेपालको निर्माता” पृथ्वीनारायण शाहको समाधीस्थल भने बेवारिसे बन्दै गएको आलोचना गरेका छन्। १९४८ मा गान्धीको अन्त्येष्टि स्थललाई व्यवस्थित रूपमा विश्वमान्य स्मारक बनाइएको उल्लेख गर्दै नेपाल भ्रमणमा आउने उच्च अधिकारीहरू गान्धीलाई श्रद्धाञ्जली दिन अनिवार्य रूपमा राजघाट पुग्ने प्रचलन बस्न सफल भए पनि, नेपालमा भने यस्ता ऐतिहासिक धरोहरको सम्मान गर्ने संस्कृति नबनेको उनीहरूको गुनासो छ।

इतिहासविद्हरूका अनुसार नेपाल–तिब्बत युद्धपछिको बेत्रावती सन्धी स्थल, बेत्रावती ढुङ्गा, साततले दरबार, शेरा दरबार र देबिघाटको समाधीक्षेत्रको एकीकृत संरक्षण र विकास नगरे इतिहासकै महत्वपूर्ण पक्ष हराउने खतरा बढ्दो छ। “राष्ट्रनिर्माताको समाधी गुमनाम हुनु राष्ट्रकै अस्मिता कमजोर पार्ने विषय हो,” एक अभियन्ताले भने।

स्थानीयबासीले सरकार र सम्बन्धित निकायलाई देबिघाट–बेत्रावती क्षेत्रलाई व्यवस्थित संरक्षण गरी राष्ट्रिय गौरवको परियोजना सरह विकास गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार पर्यटन, इतिहास र राष्ट्रिय पहिचानका दृष्टिले यो क्षेत्र अत्यन्त संवेदनशील र सम्भावनायुक्त छ।

सञ्चालन योग्य योजना, संरचनागत विकास र व्यवस्थित संरक्षणमार्फत देबिघाट क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणकर्ताले अवश्य पुग्नुपर्ने ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्न सकिने सरोकारवालाहरूको भनाइ छ।

भ्रष्टाचार अन्त्य भए मुलुक समृद्धि तर्फ अघि बढ्छ : मन्त्री घिसिङ

0

काठमाडौँ । ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भए मात्रै देश द्रुतगतिमा समृद्धिको दिशामा अघि बढ्न सक्ने बताएका छन्। राजधानीमा आयोजित ‘उज्यालो नेपाल पार्टी’को औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकासका सबै प्रयासहरू भ्रष्टाचारले जकडिने भएकाले पारदर्शिता र उत्तरदायित्वलाई राष्ट्र निर्माणको मुख्य आधार बनाउनु पर्नेमा जोड दिए।

मन्त्री घिसिङले राज्यका सबै संरचनामा आर्थिक अनियमितता, ढिलासुस्ती र कमीशनकारी प्रवृत्ति कायम रहेसम्म जनताले अनुभूतिमा आधारित सेवा पाउन नसक्ने उल्लेख गरे। “भ्रष्टाचार हटे देश आफैँ समृद्धितर्फ दौडिन्छ। हाम्रो ऊर्जा, पूर्वाधार र प्राविधिक क्षमताले नेपाललाई उभ्याउने सामर्थ्य ठूलो छ, तर समस्या प्रणालीमै रहेको भ्रष्ट मानसिकता हो,” उनले भने।

उनले उज्यालो नेपाल पार्टीले उठाउँदै आएको सुशासन, पारदर्शिता र सेवा–सुविधाको गुणस्तर सुधार गर्ने एजेन्डा राष्ट्रको आवश्यकता अनुसार रहेको टिप्पणी गरे। घिसिङले ऊर्जा क्षेत्रको अनुभवलाई स्मरण गर्दै योजनाहरू समयमै, गुणस्तरीय र जनउत्तरदायी ढंगले कार्यान्वयन भए नेपाल बतासिएर अघि बढ्न सक्ने उदाहरण प्रस्तुत गरे।

कार्यक्रममा वक्ताहरूले देश विकासमा इमानदार नेतृत्व, दीर्घकालीन योजना र संस्थागत सुधार अपरिहार्य रहेको निष्कर्ष समेत प्रस्तुत गरे।

श्री इन्द्रायणी माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

0

पन्चकन्या १ नुवाकोट / श्री इन्द्रायणी माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा वार्षिक उत्सव कार्यक्रम २०८२ मंसिर १५ गते विविध शैक्षिक, सांस्कृतिक र प्राविधिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न भयो। विद्यालय ब्यबस्थापन  समितिका अध्यक्ष उत्तम पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। सो अवसरमा उपाध्यक्ष बिमला पाठक केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई तथा वडा अध्यक्ष मान्धर ढकाल विशेष अतिथिका रूपमा सहभागी रहे।

कार्यक्रम स्थानीय कलाकार अर्जुन भुसाल र सविता ढुंगानाका आकर्षक प्रस्तुतीबाट झनै माहोलमय बनेको थियो। स्थानीय बासिन्दा, अभिभावक, पूर्वविद्यार्थी तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति कार्यक्रमको सफलतामा महत्वपूर्ण रह्यो।

वार्षिकोत्सवअन्तर्गत आयोजित विज्ञान तथा कृषि प्रविधि प्रदर्शनी विद्यार्थीहरूको सिर्जनात्मकता, सीप र नयाँ सोचको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत भयो। साथै, विद्यार्थी तथा शिक्षकहरूका कला, नृत्य, गीत–संगीत र विभिन्न प्रतिभा प्रदर्शनहरूले कार्यक्रमलाई अझ समृद्ध बनायो।

कार्यक्रममा प्रधानाध्यापक कुमार पाठकले विद्यालयको वार्षिक गतिविधि, शैक्षिक प्रगति, चुनौती र उपलब्धिहरूका साथै आय–व्ययको विस्तृत प्रतिवेदन प्रस्तुत गरे। विद्यालयको दीर्घकालीन आवश्यकता पूरा गर्ने उद्देश्यसहित सञ्चालन गरिएको जग्गा खरिद चन्दा अभियानमा सहयोग पुर्‍याउने व्यक्तिहरूलाई कार्यक्रमकै दौरानमा सम्मान गरिएको थियो।

सोही अवसरमा पञ्चकन्या र लिखु क्षेत्रका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता उल्लेखनीय रह्यो, जसले कार्यक्रमलाई अन्तर–विद्यालयीय मेलमिलाप र सहकार्यको उदाहरण बनायो। वार्षिक गतिविधिमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मान गर्दै कार्यक्रममा समापन गरिएको थियो।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व क्षमता, प्रतिभा र व्यवहारिक सीपलाई विकसित गर्न सहयोग गर्ने बताउँदै आगामी वर्षहरूमा अझ गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न प्रतिबद्धता व्यक्त गर्‍यो।

तत्कालको समाचार

तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय...

तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय सर्वोत्कृष्ट तादी–१२, नुवाकोट, २०८२ पुष १२ । तादी गाउँपालिकाको आयोजनामा भएको तादी गाउँपालिका स्तरीय राष्ट्रपति...

नुवाकोटमा गणेश पण्डित स्मृति पार्क उद्घाटन तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

नुवाकोट, २०८२ पौष १२ — दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित गणेश पण्डित स्मृति पार्कको उद्घाटन तथा स्व. गणेश पण्डितको पूर्णकद शालिक अनावरण कार्यक्रम आज एक...

नागिनी थान कप अन्तर जिल्लास्तरीय फुटबल प्रतियोगिता माघ ४ देखि सुरु...

नुवाकोट । खेलकुदमार्फत स्वस्थ जीवनको सन्देश दिने उद्देश्यले नागिनी थान युवा क्लब, म्यागङ–५ कल्लाबारी पोखरी, नुवाकोटको आयोजनामा आगामी माघ ४ गतेदेखि अन्तर जिल्लास्तरीय «७...