
काठमाडौँ — अधिवक्ता रामेश्वर भण्डारीले नेपालको राजनीतिको मुख्य समस्या नेताहरू आजीवन शक्ति र पदमा टिकिरहने प्रवृत्ति रहेको बताएका छन्। उनले लोकतन्त्रको मर्म विपरीत सीमित व्यक्तिहरूले लामो समयसम्म सत्ता र निर्णय प्रक्रियामा कब्जा जमाउँदा राजनीतिक प्रणाली कमजोर बन्दै गएको उल्लेख गरे।
अधिवक्ता भण्डारीका अनुसार नेतृत्व परिवर्तन, आन्तरिक लोकतन्त्र र जवाफदेहिताको अभावले राजनीति जनताबाट टाढिँदै गएको छ। “राजनीति सेवाको माध्यम हुनुपर्छ, तर यहाँ पद र शक्ति नै अन्तिम लक्ष्य बनेको छ,” उनले भने, “यसले युवाको सहभागिता घटाएको छ र नयाँ सोचलाई अवरुद्ध बनाएको छ।”
उनले दलभित्र समयसीमा तोकेर नेतृत्व हस्तान्तरण, पारदर्शी निर्वाचन प्रक्रिया र नीति–आधारित राजनीतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। साथै, नागरिक सचेतना र निरन्तर खबरदारीले मात्रै लोकतन्त्रलाई सुदृढ बनाउन सकिने उनको भनाइ छ।
अधिवक्ता भण्डारीले राजनीतिक संस्कार परिवर्तन नगरी समृद्ध र उत्तरदायी शासन सम्भव नहुने स्पष्ट पार्दै सबै दल र नेतृत्वलाई आत्मसमिक्षा गर्न आग्रह गरेका छन्।










तालिममा तेक्वान्दो प्रशिक्षकहरूको क्षमता अभिवृद्धि, आधुनिक प्रशिक्षण विधि, खेल विज्ञान तथा खेलाडीको स्वास्थ्य सुरक्षासम्बन्धी विषयमा गहन छलफल तथा अभ्यास गरिएको थियो। तालिममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष महेश्वर फुयाँल, महासचिव राकेश
कुमार राई, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. राम कृष्ण महर्जन र डा. सुशील नर्सिङ राना,अधिवक्ता ईश्वर सापकोटा उपमहासचिव राष्ट्रिय तेक्वान्दो संघ नेपाल तथा नेपाल क्यान्सर अस्पतालका डा. राजेन्द्र खत्रीले प्रशिक्षण दिनुभएको थियो।राष्ट्रिय तेक्वान्दो संघ बागमती प्रदेशका सचिव गणेश तामाङले तादी मिडियासँग कुरा गर्दै
भन्नुभयो,राष्ट्रिय स्तरका प्रशिक्षकहरूलाई एकै ठाउँमा ल्याएर ज्ञान, सीप र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। यसले तेक्वान्दो खेलको गुणस्तर र प्रशिक्षकहरूको व्यावसायिक क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं ।तालिममा देशका विभिन्न जिल्लाबाट सहभागी प्रशिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।




P












